site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अक्सिजन, भेन्टिलेटरको अभाव हुन नदिनू : प्रधानमन्त्री, उत्पादकको जवाफ– मिडियाले गलत प्रचार गरे
तस्बिर : रोशन सापकोटा/रासस ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर भयावह बन्दै गएकाले अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक मेडिकल उपकरणको अभाव हुन नदिन निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरू, अस्पताल सञ्चालक, निजी क्षेत्रका उद्योगी, व्यवसायी, चिकित्सा क्षेत्रका विज्ञ आदि बोलाएर अक्सिजन, भेन्टिलेटर नपाएर संक्रमित मर्ने अवस्थ आउन नदिन निर्देशन दिएका हुन् ।

KFC Island Ad
NIC Asia

“प्रधानमन्त्रीले अक्सिजन आपूर्ति व्यवस्थित गर्न, आवश्यक कुराहरू सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ,” एक मन्त्रीले बाह्रखरीसँग भने, “सरकारले आवश्यक सबै प्रबन्ध गर्छ । निजी अस्पतालले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो । नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता हो भनेर कडा निर्देशन दिनुभएको छ । उहाँहरूले मुलुकभरको अक्सिजन आपूर्तिको अवस्थाबारे पनि चासो राख्नुभएको थियो ।”

जवाफमा अक्सिजन उत्पादकहरूले बाहिर प्रचार भएजस्तो हाहाकारकै अवस्था नरहेको बताएका थिए । “बाहिर मिडियाले प्रचार गरेजस्तो हाहाकार छैन । अलि बढी प्रचार भइरहेको छ । यसले पनि नागरिकहरू आत्तिएका छन्,” अस्पताल सञ्चालहरूको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro