site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले झुट बोल्नुभयो : महत
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोलि) प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

यसका लागि अरु दलहरुसँग छलफल चलिरहेको र नेकपा (माओवादी केन्द्र)ले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । उनले अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई पनि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

“नेपाली कांग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन । पाँच वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो । तर, पाँच वर्षका लागि निर्वाचित भनेर आएको ओलीजीको सरकार अन्त्यन्तै गैरजिम्मेवार ठहरियो । भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट । सबै कोणबाट जनताविरोधी देखिए । त्यसैले हाम्रो संसद्मा संख्या कम भए पनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर यस (वर्तमान सरकार)को विकल्प दिऊँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो,” उनले भने, “यसैबीच, प्रधानमन्त्रीले आफैँ विश्वासको मत लिन्छु भनेर अग्रसर हुनुभएको छ । यो विश्वासको मतमा ओलीजीलाई असफल पार्ने भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसमा विभिन्न दलका नेताहरुसँग छलफल जारी छ । त्यसमा नेकपा माओवादी केन्द्रले विश्वासको मतलाई असफल पार्ने कार्यमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरिसकेको छ । जसपा अलि अलमलमा छ । कुराकानी भइरहेको छ । उहाँहरुले पनि देशको परिस्थितिलाई ध्यानमा राखेर साथ दिनुभयो भने यो सफल हुन्छ । त्यसो भएको खण्डमा वैकल्पिक सरकार नेपाली कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था आउँछ ।”

Royal Enfield Island Ad

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले कोभिड–१९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, बेड अभावलगायत समस्या भएका कुराहरु मुलुकभरबाट आइरहँदा पनि सरकार पूरै असंवेदनशील र अकर्मण्य भएको टिप्पणी गरे ।

यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको उनले बताए । उनले भने, “हिजो प्रधानमन्त्री ओलीजीले सीएनएनलाई अन्तर्वार्ता दिने क्रममा कोभिड अन्डर कन्ट्रोल छ भनेर बोल्नुभएको छ । योभन्दा झुटो कुरा अर्को हुन सक्तैन । अहिले कोभिड संक्रमण बढ्दै छ र सरकार उदासीन छ भन्ने स्पष्ट नै छ । वीर अस्पतालमा एक हजार बेड तुरुन्तै सुनिश्चित गर्ने भनेको, अरु ठाउँमा पनि भनेको अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।”

उनले संक्रमितको प्रभावकारी ढंगले उपचारको लागि आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसँग माग गरे । महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई कांग्रेसले साथ दिने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro