site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा अझै दुई साता निषेधाज्ञा लम्ब्याउने तयारी 

काठमाडौं । काठमाडौंमा वैशाख २९ गतेसम्म जारी निषेधाज्ञा थप दुई साता लम्बिन सक्ने सम्भावना बढेर गएको छ । कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ ।

काठमाडौं उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले बाह्रखरीसँग भने, “अहिले सबै कुरा नियन्त्रणमा आइसकेको छैन । थप डेढ÷दुई साता निषेधाज्ञालाई अझ व्यवस्थित बनाउनुपर्ने देखिन्छ । त्यसैले २९ गते नै निषेधाज्ञा हट्ने सम्भावना कम छ । अझै तीन दिन संक्रमणको दर हेरौँ ।”

संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न सक्दैन कि भन्ने चिन्ता समेत बढेर गएको ती अधिकारीको भनाइ छ । शनिबार (हिजो) भने पछिल्ला दुई दिनयताको भन्दा संक्रमितको संख्या कम आएको थियो । तर, एकैदिनको दरले सबै कुरा निर्धारण गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् ।

पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिएको थियो भने दोस्रो चरणको निषेधाज्ञा २९ गते राति सकिँदै छ । यस्तोमा सुरुमा १४ दिन नथपेर सात दिन थप्ने सम्भावना बढी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञा गरेकै कारण भयावह अवस्था नआएको बताउँछन् । उनले भने, “निषेधाज्ञा नगरेको भए भयावह अवस्था आउँथ्यो । अहिले पनि अवस्था राम्रो छैन । तर, केही हदसम्म नियन्त्रणमा छ । ‘चेन ब्रेक’ भए÷नभएको हेर्न अझै केही समय लाग्छ ।”

पराजुलीले काठमाडौंमा निषेधाज्ञाको पालना नगर्नेहरुमाथि आर्थिक जरिवाना सुरु गरिएको बताए ।

यता, सुरक्षा निकायले समेत उपत्यकामा अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् । निषेधाज्ञाका कारण मानिसको गतिविधि घटेकाले अझै दुई साता निषेधाज्ञा लम्ब्याए अवस्था केही सहज हुने उनीहरुको बुझाइ छ ।

अहिले पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ । बेलुका पूर्ण रुपमा बन्द छन् । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro