अर्थ व्यवसाय
काठमाडौं । चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान सोमबार चीन जाने भएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार ४०० थान अक्सिन सिलिन्डर र केही भेन्टिलेटर लिन वाइडबडी विमान चीन जान लागेको हो । आउँदो सोमबार राति साढे ११ बजे विमान बेइजिङ उड्ने उनले जानकारी दिइन् ।
अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान मंगलबार काठमाडौं आइपुग्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८ २०:२९
प्रतिक्रिया दिनुहोस्