राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
प्रचण्ड शुक्रबार अपराह्न देउवा निवास प्रवेश भएको सुरक्षा स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ । नेताहरूले सक्रियता बढाएका छन् ।
बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए । रावल आज दिउँसो पनि देउवा निवास पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ १८:३७
प्रतिक्रिया दिनुहोस्