site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकबाट ऋण लिएका ऋणी राष्ट्र बैंकतिर नजर लगाउँदै 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट छलफललाई तीव्रता दिएको छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाले गर्दा सकारमा देखिएको अन्योलताबीच अर्थ मन्त्रालयल अहिले बिहानदेखि राति अबेरसम्म बजेट छलफलमा व्यस्त छ । 

अर्कोतर्फ कोरोनाको दोस्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा व्यापार व्यवसाय ठप्प भएको छ । निजी क्षेत्रका छाता संगठनले निषेधाज्ञाको अवधिमा कर तिर्न नसक्ने बताइरहेका छन् । 

यो परिस्थितिमा बैंकबाट कर्जा लिएका ऋणिहरुलाई पोहोर जस्तै कोरोना कहरमा राष्ट्र बैंकले मलम लगाउने काम गर्ला कि नगर्ला भनेर राष्ट्र बैंकको नीतिमा ठूलो चासो छ । 

अघिल्लो वर्ष कोरोना नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्दा राष्ट्र बैंक गभर्नर विहिन थियो । कायम मुकायम गभर्नरको जिम्मेवारीमा चिन्तामणी शिवाकोटी थिए । त्यतिबेला राष्ट्र बैंकले चैत मसान्तमा भुक्तानी गर्र्नुपर्ने व्याजमा १० प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दियो भने चैत मसान्तमा व्याज तिर्न नसक्नेलाई असार मसान्तसम्मको समय दियो ।

त्यसपछि नयाँ गर्भनरमा महाप्रसाद अधिकारी आएसँगैं चौथौ त्रैमासमा  चैत मसान्तसम्म कायम व्याज रकममा २ प्रतिशत विन्दुले छुट दिने निर्देशन दियो, राष्ट्र बैंकले । 

साउन २ गते मौद्रिक नीति सार्वजनिक गरेका गभर्नरले चैत मसान्तमा भुक्तानी गर्नुपर्ने व्याजलाई कम प्रभावित मध्यम प्रभावित र अति प्रभावित भनेर वर्गिकरण गर्दै ६ महिना, ९ महिना र १ वर्षसम्म व्याज तिर्ने समय थप गरेर कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्नेसक्ने व्यवस्था गरे । 

जसले गर्दा कोरोनाबाट पीडित उद्योगी व्यवसायीले बजेटबाट अपेक्षाकृत सहुलीयत नपाए पनि राष्ट्र बैंकको नीतिले मलम भने लगायो । बजेट छलफल चलिरहँदा अहिले पनि बैंकबाट ऋण लिएका ऋणीको आशा राष्ट्र बैंकतिरै छ । 

राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र भने बजेटपछि मात्रै मौद्रिक नीतिको दिशा तय हुने बताउँछन् । बजेट पछि मात्रै कस्तो मौद्रिक नीति ल्याउने भनेर छलफल हुने मिश्रले बताए । यद्यपि,  गएको साता मात्रै राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सिर्जना  नहुने गरी निरन्तरता प्रदान गर्ने बताएका थिए । 

राष्ट्र बैंकले कोरोना प्रभावसँगै नीतिगत व्याजदर घटाउने, सीसीडी रेसियो बढाउने, सीआरआर घटाउने, काउन्टर साइक्लिकल बफर हटाउने  कर्जा पुनःसंरचना र पुनःतालिकीकरणमा छुट, थप चालु पुँजी कर्जा दिनसक्ने जस्ता नीति लिएको थियो । 

तर, आगामी मौद्रिक नीतिले भने गभर्नरले भनेजस्तै जोखिम सिर्जना नहुने गरी थुप्रै नीतिले निरन्तरता पाउने राष्ट्र बैंकका  एक उच्च अधिकारीले बताए । 

राष्ट्र बैंकको सहुलीयतले बैंकहरुमा सिस्टमेटिक जोखिम आउनसक्नेमा भने सजग रहेको ति अधिकारीले स्पस्ट पारे ।

कोरोनापछि बैंकको कर्जा विस्तार उच्च रहेकाले त्यसबाट आउनसक्ने सम्भावित जोखिम, धितोपत्र बजारमा बैंकहरुको लगानी जस्ता विषयमा आगामी मौद्रिक नीतिमार्फत नियन्त्रणकारी कदम चाल्न सक्ने उनको भनाई छ ।  

कोरोना संकट बढ्दै जाने हो भने यो पल्ट पनि बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाई गर्ने संकेत देखिन्छ । 

“समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्योग, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनेछ । आर्थिक पुनरुत्थानको लागि सहयोग गर्न, वित्तीय उपकरण एवमं पूर्वाधारको समय सापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबाराई प्रबद्र्घन गर्न र वित्तीय समावेशीता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहनेछ,” वार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीले भनेका थिए । 

चालु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न बाँकी छ । र, अहिले मौद्रिक नीतिको छलफल सुरु गर्ने बेला नभएको उनले बताए ।  

डेपुटी गभर्नर बम बहादुर मिश्र अहिले मौद्रिक नीति भन्दा पनि कोरोनाबाट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कसरी सुरक्षित राख्ने, अनि वित्तीय सेवालाई निरन्तरता दिने भन्नेमा आफुहरुको बढी ध्यान रहेको बताउँछन् । 

राष्ट्र बैंकका अर्का एक अधिकारी भने ऋणीहरुले तेस्रो त्रैमासको व्याज तिरिसकेको र चौथो त्रैमासको कर्जा तिर्ने बेलासम्मको अवस्था हेरेर मौद्रिक नीतिले आवश्यक सम्बोधन गर्ने दाबी गर्छन् । मौद्रिक नीति निर्माण गर्ने महत्वपूर्ण विभाग हो, आर्थिक अनुसन्धान विभाग । यो विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा समेत छन् ।

उनले बजेटको कार्यदिशा अनुसार परिवेश सुहाउँदो मौद्रिक नीतिका  लागि भूमिका खेल्नसक्ने ति अधिकारीको जिकिर छ । 

राष्ट्र बैंक स्वायत्त निकाय भएपनि सरकारकै अंग भएको बताउँछन्, आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ । उहाँका अनुसार बजेटले समेट्न नसकेका राहत तथा सहुलीयत मौद्रिक नीतिमा समेटिइने छ । 
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro