काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सीजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सीजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको जनाएको छ ।
प्युरिफायर १० लिटर क्षमताको रहेको कम्पनीले जनाएको छ । “यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ” कम्पनीले भनेको छ ।
यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रशोधित गर्ने जनाइएको छ । “यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ” कम्पनीले भनेको छ ।
यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ ।
कम्पनीले यसको खरिदमा १२ महिनाको वारेन्टीकाे पनि व्यवस्था गरेको जनाएको छ ।