देश
![काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५९५ काेराेना संक्रमित थपिए](https://12khari.top/uploads/posts/Corona1617245112.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । २४ घण्टामा १६ हजार ७७० वटा नमुनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । अहिले मुलुकभर ४७७ जना आइसीयु र १३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ १६:५३
प्रतिक्रिया दिनुहोस्