राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन् । उनले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको स्रोतले बताएको छ ।
“नयाँ प्रक्रियाको लागि राजीनामा दिएको हो,” स्रोतले बाह्रखरीसँग भन्यो, “पहिला संयुक्त सरकार थियो, एकल बहुमतको सरकार बनाउन राजीनामा दिइएको हो ।”
प्रदेशसभामा हाल कायम सदस्य संख्या ८१ मध्ये नेकपा (एमाले)को एकल बहुमत रहेको स्रोतले बतायो । “सत्ता छोड्नलाई होइन, सत्ता झन् मजबुत बनाउन राजीनामा दिएको हो,” स्रोतले भन्यो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ १०:०९
प्रतिक्रिया दिनुहोस्