site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माथिल्लो तामाकोसीको सञ्चालनमा आएपछि भारतबाट बिजुली आयात गर्नुनपर्ने, १० प्रतिशत मात्र काम बाँकी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निमार्णाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम अब १० प्रतिशत मात्र बाँकी छ ।  राष्ट्रिय गौरवको आयोजना तामाकोसीको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाबाट आगामी ०७५ को असार अन्तिमसम्म पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यस्तै सोही वर्षको मंसिरसम्म बाँकी युनिट सञ्चालनमा ल्याइने भएको छ ।

आयोजनाको मुल सुरुङ खन्न ६ सय मिटर र भेन्टिलेसन तथा सर्ज सुरुङ खन्न करिव १ किलोमिटर बाँकी रहेको प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । उनका अनुसार वर्षाका कारण बाँधको काम रोकिएको छ । हाइड्रोमेकानिक र इलेक्ट्रोमेकानिकलको काम जारी छ । विद्युतगृहमा सिभिल निर्माणको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम सम्पन्न भएको उनले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

लामोसाँघु–चरिकोट, चरिकोटदेखि आयोजनास्थलसम्म सडक स्तरोन्नोति र पहिरोले गर्दा सामान ढुवानीमा ढिलाइ हने गरेको न्यौपानेले बताए । निर्धारित समयमा सम्पन्न हुने गरी काम अघि बढिरहेको उनको भनाई छ ।

यस्तै प्रसारणलाइनतर्फ कुल १२७ वटा टावरमध्ये ११७ वटाको संरचना निर्माण सम्पन्न भइसकेको छ । ९४ वटा टावर उठाउने काम सकिएको छ । ५ किलोमिटर लामो तार तान्ने काम पनि सकिएको न्यौपानेले बताए । वर्षादले गर्दा तारतान्ने काम प्रभावित भएकाले टावरको संरचना निर्माणको काम भइरहेको छ । गोंगरबाट न्यूखिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ । 

Royal Enfield Island Ad

पछिल्लो समयमा संशोधित नयाँ कार्यतालिकाअनुसार तामाकोसीको पहिलो युनिट ०७५ असार ३१ गते सञ्चालनमा आउनेछ । यस्तै बाँकी युनिट सोही वर्षको मंसिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  आयोजना सञ्चालनमा आएपछि वर्षादमा भारतबाट बिजुली आयात बन्द हुनेछ । 

आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । 

आयोजनामा सिभिल ठेकेदारमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा नरकन्सल्ट ल्याह्मेयर इन्टरनेसनले काम रहेका छन् । 

२२ मेगावाटको अर्को आयोजना निर्माण गर्दै तामाकोसी 
 

कम्पनीले रोल्वालिङ डाइभर्सनअन्र्तगत थप २२ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । जुमखोला आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) नपाएपछि कम्पनीले रोल्वालिङमा २२ मेगावाटको नयाँ आयोजना विकास गर्न लागेको हो । सर्वेक्षण अनुमतिपत्र (लाईसेन्स) लिनका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । विभागबाट लाइसेन्स पाएपछि आयोजनाको सर्वेक्षणको काम सुरु हुनेछ । आयोजनाबाट वर्षभरी नै बिजुली उत्पादन हुनेछ । यो आयोजना सम्पन्न भएपछि तामाकोसीमा १५ करोड ७० लाख युनिट बिजुली थप हुनेछ । लाइसेन्स पाएपछि थप अध्ययन गरेपछि मात्र लागतको विषयमा यकिन हुने छ । 


रोल्वालिङ डाइभर्सनमा केवलकार बनाउने तयारी 

माथिल्लो तामाकोसीले रोल्वालिङ डाइभर्सन निर्माणका लागि रोप वे निर्माण गर्ने भएको छ । सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो केवलकार निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनोटका प्रक्रियामा रहेको छ । डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । रोल्वालिङको पानी थप भएपछि तामाकोसीबाट सुख्खायाममा १२० मेगावाटसम्म बिजुली उत्पादन गर्नेछ । रोल्वालिङ डाइभर्सनमा २२ मेगावाटको अर्को आयोजना सम्पन्न भएपछि थप १५ करोड ७० लाख युनिट बिजुली थप हुनेछ । 

माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट र रोल्वालिङमा नयाँ आयोजना विकास गरी थप १५ करोड ७० लाख गरी माथिल्लो तामाकोसीबाट वार्षिक बिजुली उत्पादन २ अर्ब ६१ करोड युनिट नाघ्नेछ । 

माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरे पनि माघ र फागुनमा घटेर ९० मात्र सीमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । 

माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेशनलले आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro