site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निषेधाज्ञामा पनि उपत्यकामा बैंकका सबै शाखा खुल्ने, विद्युतीय कारोबार गर्न बैंकर्स संघको अपिल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजबाट काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञामा सबै शाखा कार्यलयबाट सेवा दिने भएका छन् ।

कोभिड–१९ दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यकालगायत देशका अरु ठाउँहरुमा समेत निषेधाज्ञा जारी गरिएको भए पनि अत्यावश्यक सेवा भएकोले बैंकहरुले सबै शाखाबाट सेवा प्रदान गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

“बैंकिङ सेवा अत्यावश्यक सेवा भएकोले बैंकिङ सेवा निरन्तर सुचारु हुन्छ । प्रशासनले बैंकको परिचपत्र देखाएपछि कर्मचारीलाई कार्यालय आउन दिने भनेकोले पास आवश्यक पर्दैन,” दाहालले बाह्रखरीसँग भने, “अहिले सबै शाखाबाट सेवा प्रवाह हुन्छ । ग्राहकको भिडभाड भएन भने केही दिनमा अल्टनेटिभ रुपमा केही शाखा बन्द गर्ने र केही शाखा खोलेर पालोपालो सेवा प्रभाव हुनसक्छ ।”

संघले ग्राहकलाई सकेसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ सेवाको बढी प्रयोग गर्न आग्रह गरेको छ । “अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्न आग्रह गर्दछौँ । निषेधाज्ञामा पनि बैंकका शाखा/एटीएमहरु खुल्ला नै रहने भएकोले इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न सक्नुहुनेछ,” बैंकर्स संघले जारी गरेको सूचनामा भनिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro