site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगलागीबाट रोल्पामा ४२ घरगोठ खरानी
Sarbottam CementSarbottam Cement

दाङ । आगलागीबाट रोल्पामा ४२ घरगोठ जलेका छन् । त्रिवेणी गाउँपालिका–२, पिरालको गाउँ नै सखाप भएको हो ।

उक्त गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेर सखाप भएको जनाइएको छ । २६ घर र १६ गोठ आगलागीका कारण सखाप भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस वडाका विभिन्न पाँच वटा सामुदायिक वनमा सोमबारदेखि डढेलो सुरु भएको थियो । हिजो साँझ ७ बजेदेखि मानव बस्तीमै आगो लागेको थियो ।

आगलागीबाट घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । १६ वटा बाख्रा, सात गाई र एउटा सुंगुर जलेर मरेका छन् ।

Global Ime bank

तत्कालीन नुवागाउँ गाविसका १, २, ३, ४ वडामा आगो फैलिएको छ । घर जलेपछि ३५ घर–परिवार खुला आकाशमुनि बसिरहेका छन् । नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपालजस्ता राहत दिएका छन् ।

डढेलो रुन्टीगढी गाउँपालिकाको ९ नम्बर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ । सर्पाल गुनामलगायत ठाउँका ३०० बढी घर आगलागीको जोखिममा छन् । आगलागी भएको बस्तीमा खानेपानी, बिजुली बत्ती, अवरुद्ध भएको जनाइएको छ ।

बस्तीमा लागेको आगो नियन्त्रणमा आएको भए पनि जंगलको डढेलो अझै नियन्त्रणमा आउन नसकेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए । डढेलोको नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय लागिपरेका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डीएसपी सुवेदीले बताए । ३०० हेक्टरभन्दा बढी जंगलमा डढेलो लागेको अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement