काठमाडौं । इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले वाइफाइबाट चल्ने एयर कन्डिसनर ल्याएको छ । आर–३२ प्रविधिका ग्यास प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु अरु एयर कन्डिसनरको तुलनामा वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।
वाइफाइमार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४ घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेसन, अटो प्रोटेक्सनजस्ता विशेषताहरु रहेका छन् । त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको कम्पनीले जनाएको छ ।
कम्प्रेसरमा पाँच वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यस एयर कन्डिसनरलाई स्मार्ट टीभी, मोबाइल, जुनसुकै वाइफाइबाट जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिने जनाइएको छ ।
यस टीसीएल ब्रान्डको नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले बिक्री–वितरण गर्दै आइरहेको छ ।