site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीचमा ‘एन्ड’ थपेपछि हिमालयन र इन्भेष्टमेन्टको नाममा जुट्यो सहमति, सीईओमा कुरा नमिल्दा मर्जर अन्योलमा 

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रारम्भिक सम्झौता (एमओयू)  अन्योलमा परेको छ । 

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष  र स्वाप रेसियोजस्ता विषयमा कुरा मिले पनि इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेको भूमिका के रहने भन्ने विषयमा सहमति हुन नसक्दा मंगलबार गर्ने भनिएको प्रारम्भिक सम्झौतामा हस्ताक्षरको समय केही पर धकेलिएको छ ।

माघ ९ गते बिहीबार बिहान भएको छलफलमा मर्जर कमिटीले  एमओयू प्रस्ताव फाइनल गरेर ३ बजे त्यसमा हस्ताक्षर गर्ने गरि तयारी गरिएको थियो ।

दुई बैंकबीच  नाम र सीईओको विषयमा केही असमझदारी भएपछि बिहीबार बिहान बसेको मर्जर समितिको बैंठकले सहमति जुटाएर ३ बजे अर्को बैठक बोलाइएको थियो ।

३ बजे नै मर्जर कमिटीले एमओयूको ड्राफ्ट फाइनल गर्ने तयारी थियो । त्यसैको तयारीस्वरुप हिमालयन बैंकले आजै सञ्चालक समितिको बैठक बोलाएको थियो ।

उक्त बैठकले एमओयू प्रस्तावलाई अनुमोदन गर्ने तयारी थियो । वैशाख १२ गते नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले अनुमोदन गरेर वैशाख १४ गते मंगलबार एमओयूमा हस्ताक्षर गर्ने तयारी दुई बैंकले गरेका थिए ।

तर बिहीबार नै संयुक्त मर्जर कमिटीको बैठकमा नेपाल इन्भेष्टमेन्ट बैंकले दुईजना सीईओ हुनुपर्ने र त्यसमा हिमालयन बैंकका सीईओ आशोक राणालाई सिनियर र इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डेलाई जुनियर बनाउनुपर्ने प्रस्ताव ल्याइएको स्रोतको दाबी छ ।

उक्त प्रस्तावमा हिमालयन बैंकले असहमति जनाएको थियो । एउटा बैंकमा दुईजना सीईओ हुने व्यवस्था कहिँ पनि नभएको तर्क गर्दै एकजनामात्रै सीईओ हुनुपर्ने अडान हिमालयन बैंकको छ ।

त्यसमा हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकलाई अध्यक्ष र आफूलाई सीईओ भन्ने विषयमा यसअघि नै सहमति जुटेको दाबी गर्दै पाण्डेलाई वरिष्ठ डेपुटी सीईओ बनाउन सकिने बताएको छ ।

यही विवादका कारण मंगलबार हुने भनिएको एमओयू अन्योलमा परेको छ ।

तर बैंकका एकजना सञ्चालकका अनुसार अझै केही दिन समय बाँकी भएकाले सहमति जुट्न पनि सक्छ । 

राष्ट्र बैंक स्रोतका अनुसार कुनै पनि बैंकमा दुईजना सीईओ राख्न मिल्दैन ।

दुई बैंकबीच मर्जरपछि बन्ने बैंकको नाममा पनि विवाद देखिएको थियो । हिमालयन बैंकले हिमालयन इन्भेष्टमेन्ट नाम प्रस्ताव गरेपछि इन्भेष्टमेन्ट बैंकले भने त्यसमा असहमति जनाएको थियो ।

इन्भेष्टमेन्ट बैकले मर्जरपछि बन्ने नाम आकर्षक हुनुपर्ने र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्ने भन्दै हिमालयन एन्ड इन्भेष्टमेन्टको प्रस्ताव गरेपछि हिमालयन बैंक पनि त्यसमा सहमत भएको थियो ।

त्यसपछि नाममा सहमति जुटेको ती सञ्चालकले जानकारी दिए । यद्यपी यही विषयले दुई बैंकबीच मर्जरको सम्भावना भने नटरेको दुवै बैंकका अध्यक्ष बताउँछन् । 

शुक्रबार बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकमा मर्जर समितिको कुनै पनि प्रस्ताव नआएको र अर्को बैठकमा प्रस्ताव आउन सक्ने  हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतम बताउँछन् । अर्कोसाता एमओयू हुन सक्ने गौतमले बताए ।

यता इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे पनि चाँडै नै  मर्जर  सम्झौता हुने बताउँछन् ।  केही विषयमा छलफल चहिरेकोले केही दिनमा नै मर्जरको टुङ्गो लाग्ने उनले बताए ।

मर्जरको लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । 

डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जर भएमा मर्जरपछि बन्ने बैंकको पुँजीकोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी २६ अर्ब नाघ्नेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro