site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संक्रमितले भरियो महाकाली अस्पताल, आईसीयू र अक्सिजनकै अभाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएको छ । पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पताल संक्रमितको संख्याले भरिएको हो ।

कञ्चनपुर भारतीय सीमासँग जोडिएको जिल्ला हो । कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली स्वदेश फर्कन थालेसँगै संक्रमणको जोखिम पनि बढ्न थालेको हो ।

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले कोरोनाका लागि छुट्ट्याइएका ५० बेडमध्ये ४३ बेडमा संक्रमित भर्ना भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै भर्ना गरिरहेका छौँ । तर, अब एकैदिन १०÷१५ जनालाई राख्नुपर्ने अवस्था आयो भने त्यो सम्भव छैन । त्यसपछि ग्यालरीमा राखेरसमेत उपचार गर्नुपर्ने अवस्था आउनसक्छ ।”

अस्पतालमा हाल ६ आईसीयू बेड रहेको र सबैमा कोरोनाकै संक्रमित रहेको उनले बताए । अस्पतालले आठ आईसीयू बेड थप्न पहल अगाडि बढाएको उनको भनाइ छ । ११ भेन्टिलेटरमा सातवटा सञ्चालनमा छन् ।

Global Ime bank

तर, थप आईसीयू सञ्चालन गर्दा ३० देखि ४० जना जनशक्ति आवश्यक पर्ने र त्यो अस्पतालसँग उपलब्ध नभएको जोशी बताउँछन् । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि संक्रमणको दर अहिलेकै कायम रहे अक्सिजनको समेत अभाव हुन सक्ने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशमा निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्न मानेका छैनन् । विभिन्न अपरेसन गरेका बिरामीमा पनि कोरोना देखिँदा जनरल वार्ड समेत संक्रमितले भरिने खतरा छ ।

अध्यक्ष जोशी भन्छन्, “स्थिति यस्तै भयो भने यहाँ कोरोनाबाहेकका बिरामीलाई व्यवस्थापन गर्न गाह्रो हुने अवस्था छ । अस्पतालकै १३ जना संक्रमित छन् । केन्द्र र प्रदेश सरकारले स्रोत–साधन र जनशक्ति व्यवस्थापन तीव्र गतिमा गर्न जरुरी भइसक्यो ।”

अस्पतालका अनुसार संक्रमण दर निकै तीव्र देखिएको छ । पछिल्लो दुई दिनमा पीसीआर परीक्षण गरिएका ९० प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको छ । बुधबार २५ नमुनाको पीसीआर गर्दा २४ जनामा र बिहीबार ५० नमुनाको परीक्षण गर्दा ४३ जनामा कोरोना देखिएको छ ।

यस्तै, कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा समेत कोरोना संक्रमितले बेड भरिएका छन् । कैलाली र कञ्चनपुरका सीमानाकाबाट भारतमा रहेका नेपाली दैनिक सयौँको संख्यामा स्वदेश फर्कन थालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !