site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : नामका लागि ६ र राजधानीका लागि ७ प्रस्ताव दर्ता

जनकपुरधाम । प्रदेश नम्बर २ को राजधानीका लागि ७ र नामकरणका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् । बिहीबारसम्म तोकिएको समयसीमाभित्र नामका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएका हुन् ।

प्रदेश सचिवालयका सचिव रञ्जित यादवले मध्यप्रदेश नामका लागि दुई दलले प्रस्ताव दर्ता गराएको जानकारी दिए । मधेस प्रदेश नामका लागि जनता समाजवादी पार्टी (जसपा) र नेकपा मओवादी केन्द्रले दर्ता गराएका हुन् । 

उनकाअनुसार मधेस, मध्य मधेश, मिथिला–भोजपुरा, जनक र जानकी नामका लागि एक/एक ओटा प्रस्ताव गरी जम्मा ६ वटा प्रस्ता दर्ता भएको छन् ।

नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला–भोजपुरा नाम अघि सारेको छ । नेकपा एमालेले जनक र जानकी नाम दर्ता गराएको छ । 

नेपाली कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले पार्टीभन्दा छुट्टै मध्यमधेश प्रदेशको नामले प्रस्ताव दर्ता गराएका छन् । 

स्थायी राजधानीको लागि सात वटा प्रस्ताव दर्ता भएको छन् । पाँचओटा प्रस्ताव जनकपुरधाम र दुईओटा वीरगञ्जको नामले दर्ता भएका छन् ।

सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम प्रस्ताव दर्ता गराएका हुन् । तर, सत्तारुढ दल जसपा र कांग्रेसबाट दुई/दुई वटा प्रस्ताव दर्ता भएको हो । जसपाका सांसद सिहासन साह कलवार र कांग्रेसका शंकरप्रसाद चौधरीले वीरगञ्जका लागि प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवहाले जनकपुरधाम नामले दर्ता गराएका छन् । 

हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस्तै नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन् । 

यसअघि ०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेश सभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेश सभामा मतदान भएको थियो । तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ मत आउन सकेन । 

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्यमधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।

 प्रदेश सभामा कुल १०७ सांसदमध्ये माओवादी केन्द्रका ४ जना सांसद निलम्बन भएपछि १०३ जना मात्रै छन् । नाम र राजधानीका लागि २ तिहाई मत अथार्त ६९ सासद आवश्यक पर्नेछ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीका सांसद जोड्दा ६२ जना मात्र पुग्छन् । उनीहरूलाई दुई तिहाई बहुमत पुर्‍याउन थप ७ सांसदको आवश्यक पर्छ ।

भोलि प्रदेश सभा बैठक
प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सुचनाअनुसार पाँचौ अधिवेशनको दोस्रो बैठक शुक्रबार एक बजेदिख बस्न लागेको हो । 

बैठकमा प्रदेश प्रमुखले विधियेकको विषयमा पठाएको पत्र प्रस्तुत र राजधानी र नामाकरणको लागि दर्ता भएको प्रस्ताव टेबल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro