site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर कारोबारको पुँजीगत लाभले बैंकहरूको मुनाफा ह्वातै बढ्यो, कुन बैंककाे कस्ताे ?
Sarbottam CementSarbottam Cement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू कोभिडपछि सेयर बजारमा देखिएको बुलमा सेयर कारोबारमा सक्रिय देखिएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको आम्दानी सेयर बजारमा गरेको लगानीबाट नाफा भएसँगै ह्वातै बढेको छ ।
 
हालसम्म एक वित्त कम्पनी चारओटा राष्ट्रियस्तरका विकास बैंक र एक वाणिज्य बैंंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको  अन्य सञ्चालक आम्दानी शीर्षकको वृद्धि उच्च देखिएको छ ।

सामान्यतया अन्य सञ्चालन आम्दानीमा बैंक तथा वित्तीय संस्थाले  अन्य कम्पनीको सेयरमा गरेको लगानीबाट लाभांशको रूपमा प्राप्त भएको प्रतिफल, विदेशी विनिमयको कारोबारबाट हुने नाफा, ट्रेजरी बिल्सको कारोबारबाट हुने आम्दानी लगायतलाई अन्य सञ्चालन आम्दानीमा देखाउनुपर्ने हुन्छ ।
 
यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले ‘कोर क्यापिटल’ को १ प्रतिशत धितोपत्रको दोस्रो बजार कारोबारमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । यसलाई सामान्यतया राष्ट्र बैंकले ‘नेट ट्रेडिङ’ आम्दानीमा देखाउनुपर्ने भनेपनि बैंकहरूले आफूअनुकूल अन्य सञ्चालन आम्दानीमा पनि देखाउने गरेको पाइन्छ । सोही कारण चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंक र वित्त कम्पनीको अन्य सञ्चालन आम्दानी  सिटिजन्स बैंककोभन्दा बढी देखिन्छ तर ‘नेट ट्रेडिङ’ आम्दानी भने नगन्य मात्रमा रहेको छ । 

यस्तै गैर सञ्चालन आम्दानीमा उठाएको खराब कर्जा, मर्जर भएर आएको बार्गेन पर्चेज गेन, स्थिर सम्पत्ति बचेर आएको आम्दानी लगायतलाई देखाउनुपर्ने हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले वित्तीय विवरण प्रकाशित गरेका गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले धितोपत्रको दोस्रो बजार कारोबारबाट भएको पुँजीगत लाभांशलाई अन्य सञ्चालन आम्दानीमा देखाइएको बताउँछन् । जसले गर्दा दुबै बैंकको अन्य सञ्चालन आम्दानी ह्वातै बढेको छ ।
 
यस्तै चैत मसान्तको वित्तीय विवरण प्रकाशित गरेको महालक्ष्मी विकास बैंकको पनि अन्य सञ्चालन आम्दानी उल्लेख्य वृद्धि देखिन्छ । कामना सेवा किवास बैंकको भने उक्त शीर्षकमा सामान्य वृद्धि देखिन्छ ।
 
तर, चैत मसान्तको वित्तीय विवरण प्रकाशित गरेको मञ्जुश्री फाइनान्सको अन्य सञ्चालन आम्दानी हेर्न हो भने खुद मुनाफाभन्दा बढी रहेको देखिन्छ । उक्त कम्पनीको पुस मसान्त र चैत मसान्तको ब्यालेन्स सिटलाई दाँजेर हेर्न हो भने झनै रोचक छ । पुस मसान्तको कम्पनीको ब्यालेन्स सिटमा अन्य सञ्चालन आम्दानीमा कुनै रकम पनि छैन । तर, गैर सञ्चालन आम्दानीमा भने ५ करोड ४२ लाख २४ हजार रुपैयाँ देखिन्छ । चैत मसान्तमा आउँदा भने कम्पनीको गैर सञ्चालन आम्दानी र गैर सञ्चालन खर्च एकाएक शून्य भएको छ । यस्तै अन्य सञ्चालन आम्दानी पुस मसान्तमा शून्य रहेकोमा चैत मसान्तमा ४३ करोड १३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको पुस मसान्त र चैत मसान्तमा पनि ‘नेट ट्रेडिङ’ आम्दानी भने शून्य रहेको छ ।
 
कम्पनीले पुस मसान्तमा ३७ करोड ५१ लाख ६६ हजार खुद मुनाफा आर्जन गरेको छ । जसमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफा मात्रै ३६ करोड ७८ लाख ४२ हजार छ । जबकि कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासमा नै ११ करोड ३४ लाख २ हजार खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको थियो । 

कम्पनीले अन्य सञ्चालन आम्दानीबाट ४३ करोडमाथि आम्दानी गर्दा खुद मुनाफा साढे ३७ करोड मात्रै रहेकोले कम्पनीको ब्यालेन्स सिट पूर्ण रूपमा त्रुटिपूर्ण देखिन्छ ।
 
मञ्जुश्रीको जस्तै त्रूटिपूर्ण वित्तीय विवरण नभएपनि गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकको पनि अन्य सञ्चालन आम्दानी ह्वातै बढ्दा नाफा पनि बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ८ लाख २७ हजार रहेको अन्य सञ्चालन आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैत मसान्तमा ८६ करोड ८६ लाख ९८ हजार पुगेको छ । पुसदेखि चैतसम्म मात्रै बैंकले ७ करोड ७२ लाख ४१ हजार अन्य सञ्चालन आम्दानी आर्जन गरेको उल्लेख छ ।
 
यस्तै बैंकको ‘नेट ट्रेडिङ’ आम्दानी गत वर्ष १ करोड ३३ लाख ९३ हजारबाट ५२ लाख ९१ हजारमा झरेको छ । चैत मसान्तमा बैंकको गैर सञ्चालन आम्दानीमा पनि  एक करोड ४१ लाख ८० हजार रहेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी करिब ७५ हजार मात्र थियो । 

Global Ime bank

बैंकले तेस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षमा ६७ करोड रहेको नाफा चालु आर्थिक वर्षमा एक अर्ब नाफा कमाएको छ । जसमध्ये करिब ३९ करोड अन्य सञ्चालन आम्दानी नै रहेको छ । यद्यपि बैंकले कोर बैंकिङबाट हुने खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानी पनि बढाएको छ । 

गरिमा विकास बैंकको पनि अन्य सञ्चालन आम्दानी बढेको छ । ट्रेजरी बिल्स लगायतका कारोबार र सेयर बजारमा गरेको लगानीबाट आएको पुँजीगत लाभले गर्दा नै अन्य सञ्चालन आम्दानी बढेको बैंकले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड २० लाख ७ हजार रहेको बैंकको अन्य सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा २६ करोड ९८ लाख ६ हजार पुगेको छ । 

बंैकले पुसदेखि चैत मसान्तमा मात्रै ५ करोड ६९ लाख ५४ हजार गैरसञ्चालन आम्दानी गरेको छ । यस्तै ‘नेट ट्रेडीङ’ आम्दानी  गत वर्ष ७ लाख ९२ हजारले नोक्सानीमा रहेकोमा यो वर्ष करिब २८ हजार रहेको छ । चैत मसान्तमा बैंकको गैरसञ्चालन आम्दानी ४५ हजार मात्रै छ । चैत मसान्तसम्म ६७ करोड ८२ लाख ७६ हजार खुद मुनाफा कमाएको बैंकको खुद मुनाफमा अन्य सञ्चालन आम्दानीको योगदान उल्लेख्य देखिन्छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ६४ लाख १९ हजार खुद नाफा कमाएको थियो । यद्यपि बैंकको कोर बैंकिङबाट हुने खुद ब्याज आम्दानीका साथै फी र कमिसन आम्दानी पनि बढेको छ । 

राष्ट्रिय स्तरकै अर्को बैंक महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड २१ लाख ५० हजार अन्य सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी २ करोड ७७ लाख २८ हजार मात्र रहेको थियो । यस्तै बैंकको चैत मसान्तसम्मको गैरसञ्चालन आम्दानी १ अर्ब ८० करोड ८५ लाख छ भने खर्च १७ लाख ४८ हजार रहेको छ । 

चैत मसान्त मसान्तसम्म बैंकले ४० करोड ३६ लाख ५ हजार खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३९ करोड ७३ लाख ६५ हजार खुद नाफा कमाएको थियो । गैरसञ्चालन आम्दानी उल्लेख्य बढ्दा पनि बैंकको नाफा भने सामान्य मात्रै बढको छ भने बैंकको खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानी घटेको छ ।

यता राष्ट्रि स्तरकै कामना सेवा विकास बैंकको भने अन्य सञ्चालन आम्दानीमा सामान्य वृद्धि देखिएको छ । बैंकको चैत मसान्तसम्मा ३ करोड ६९ लाख ११ हजार अन्य सञ्चालन आम्दानी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड २६ लाख २२ हजार रहेको थियो । यस्तै ‘नेट ट्रेडिङ’ आम्दानी ४२ हजारबाट करिब २६ हजारमा झरेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै सम्पत्ति बिक्रीबाट बैंकको गैर सञ्चालन आम्दानी भने उल्लेख्य बढेको छ । चैत मसान्तसम्मको बैंकको गैर सञ्चालन आम्दानी २३ करोड ९६ लाख ३९ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको गैरसञ्चालन आम्दानी १४ लाख ४५ हजार पुगेको छ । 
गैरसञ्चालन आम्दानीसँगै खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानीले गर्दा बैंकको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको २१ करोड ५४ लाख ९० हजार बाट  ५८ करोड ६१ लाख ५६ हजार पुगेको छ । 

हालसम्म चैत मसान्तको वित्तीय विवरण प्रकाशित गरेको एक मात्रै वाणिज्य बैंक सिटीजन्स बैंकको अन्य सञ्चालन आम्दानी  मञ्जुश्री फइनान्स, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंककोभन्दा धेरै कम देखिन्छ । तर ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड ६८ लाख ५६ हजार ‘नेट ट्रेडिङ’ आम्दानी रहेको सिटिजन्स बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ८५ लाख ४२ हजार पुगेको छ । यस्तै बैंकको अन्य सञ्चालन आम्दानी पनि ४ करोड ८० लाख १८ हजारबाट बढेर ११ करोड ६९ लाख  १९ हजार रुपैयाँ पुगेको छ  । 

यस्तै बैंकको गैरसञ्चालन आम्दानी गत आर्थिक वर्षको यही अवधिमा ४ करोड ७७ लाख ३७ हजार रहेकोमा यो चैत मसान्तमा २१ करोड ९८ लाख ९४ हजार पुगेको छ । बैंकले तिनाउ मिसन डेभलमेन्ट बैंकलाई प्राप्त गर्दा दिएको स्वाप रेसियोबाट आएको बार्गेन गेनले गैर सञ्चालन आम्दानी बढेको छ । 

बैंकको ‘नेट ट्रेडिङ’ र अन्य सञ्चालन आम्दानी बढेकोले यसले पनि धितोपत्रको दोस्रो बजारमा गरेको लगानीबाट राम्रै पुँजीगत लाभ प्राप्त गरेको देखिन्छ । 

यी आम्दानी सँगै बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य वृद्धि देखिएको छ । जसले गर्दा नाफा उल्लेख्य बढेको हो । बैंले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९ करोड १२ लाख ४५ हजार खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड ५३ लाख ४१ हार खुद नाफा कमाएको छ ।
 
बैंकहरू बैंकिङ छाडेर सेयर बजारमा बढी केन्द्रीत भएकोले स्टक डिलरमा लाग्न विज्ञहरू सुझाव दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement