site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैतमा कर्जा रिकभरिले उत्साहित बनेका बैंकहरुलाई कोभिडको दोस्रो लहरको त्रास

काठमाडौं । कोभिडको  कारण  सिर्जना भएको कठिन परिस्थितिबाट तंग्रिँदै गरेका बैंकहरुलाई दोस्रो लहरको त्रासले सताउन लागेको छ । 

कोभिड १९ नियन्त्रणको लागि २०७६ चैत ११ गतेदेखि देशव्यापी रुपमा गरेको लकडाउन र त्यसपछि फैलिएको कारोना संक्रमणको असर अर्थतन्त्रमा पर्दा बैंकिङ क्षेत्र पनि त्यसको चपेटामा पर्‍यो ।

कोभिड –१९ ले शिथिल बनेको अर्थतन्त्र पुनरुउत्थानमा महत्वपूर्ण भूमिका खेलेको बैंकिङ क्षेत्र कोभिड १९ को दोस्रो लहर सुरु भएपछि केही सशंंकित बनेका छन् ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक गतिविधि उत्साहप्रद रुपमा बढ्दा रिकभरि पनि राम्रो भएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह बताउँछन् । 

“चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको रिकभरि पनि राम्रो रहेको र बैंकको कर्जा रिकभरि पनि राम्रो भयो,” बैंकर शाहले बाह्रखरीसँग भने, “तर अहिले कोभिडको दोस्रो लहर भनेर आएको छ, यसले सबैमा चिसोपन पसेको छ, यसले अर्थतन्त्रमा पुनः चिसो पस्ने हो कि भन्ने देखिन्छ ।”

उनले भनेजस्तै अर्का एक बैंकर पनि गत असार मसान्तमा गरेको ‘प्रोभिजन राइट ब्याक’ हुने अवस्था देखिएको बताउँछन् । 

असार मसान्तमा बैंकहरुले १८ अर्बभन्दा माथि प्रोभिजन गरेको थिए । यस्तै कर्जा विस्तार गर्दै जाँदा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा तीन अर्ब र दोस्रो त्रैमासमा बैंकहरुले थप करिब साढे २ अर्ब प्रोभिजन थप गरेका थिए । चालु आर्थिक वर्षमा बैंकहरुले पाँच खर्ब १० अर्ब कर्जा लगानी गरेका छन् । 

नयाँ कर्जा लगानी गर्दासाथ बैंकहरुले १ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । जसअनुसार चालु आर्थिक वर्ष लागेपछि चैत मसान्तसम्म लगानी भएको कर्जाको लागि बैंकहरुले ५ अर्ब ७० करो प्रभिजन गर्नुपर्ने हुन्छ । 

चालु आर्थिक वर्षमा बैंकहरुले साढे ५ अर्बभन्दा माथि दोस्रो त्रैमासमा नै प्रोभिजन गरेका छन् । 

२०७६ पुसमा असल वर्गमा रहेको र २०७७ असार मसान्तमा ब्याज असुल हुन नसकेर प्रोभिजन भएकोले कर्जा चैत मसान्तमा असुल भएकोले अब थप नयाँ कर्जाको लागि गर्नुपर्ने प्रोभिजनबाहेक थप बढाउनुपर्ने अवस्था नभएको बैंकरहरु बताउँछन् । 

गत असार मसान्तमा ५ प्रतिशत प्रोभिजन गरेको कर्जा रिकभर भएसँगै एक प्रतिशत प्रोभिजन गर्दा हुने भएकोले चैत मसान्तमा प्रोभिजन रिकभर हुने बैंकहरुले दाबी गरे । 

सबै वर्गका बैंकहरुको चैतको रिकभरि राम्रो छ । राष्ट्र बैंकका अधिकारीहरु पनि कर्जा रिकभरि राम्रो भएको प्रारम्भिक विवरण आएको बताउँछन् । 

“असार मसान्तमा नउठेको कर्जामा बैंकहरुले ५ प्रतिशत प्रोभिजन गरेका  थिए अहिले उक्त कर्जा उठाउँदा एक प्रतिशत प्रोभिजन गर्दा पुग्ने भयो,” राष्ट्र बैंकका ती अधिकारीले भने, “अब कोभिडको दोस्रो लहरले कति प्रभाव पार्छ, केही बैंकहरुले चैतमा रिकभरि राम्रै गर्‍यौँ अब असारमा के हुन्छ भन्न सकिँदैन ।”

राष्ट्र बैंकमा बैंकहरुले चैत मसान्तमा उठ्नपर्ने ब्याज अपेक्षाकृत नै उठेको रिर्पोटिङ गरेको बैंकका ति अधिकारीले बताए । 

कोभिड अगाडि लगानी भएको कर्जाको केही कर्जा जोखिममा भए पनि त्यसको प्रोभिजनिङ भएकोले जोखिम नभएको तर कोभिडपछि भएको कर्जा लगानीको गुणस्तरमा भने राष्ट्र बैंक नै सशंकित देखिन्छ । 

कोभिडको कारण दसैँपछि मात्रै स्थलगत सुपरिवेक्षण सुरु गरेको राष्ट्र बैंकले कोभिडपछि गएको कर्जाको क्वालिटीमा भने शंका व्यक्त गरेको देखिन्छ । स्थलगत सुपरीवेक्षणमा खटेका एक कर्मचारीका अनुसार असारपछि बैंकहरुले गरेको कतिपय लगानी ब्याज तिर्नको लागि नै मात्रै गएको बताउँछन् । 

“चालु आर्थिक वर्षको कर्जा करिब ७ खर्बले विस्तार भएको छ, तर त्यो सबै कर्जा जेन्युन छ भन्ने आधार देखिँदैन, अहिले कर्जा लिएर ब्याज तिरका छन्, तर भोलिको दिनमा व्यवसाय सस्टेन हुन सकेन भने कर्जा डिफल्ट ह्वातै बढ्न सक्छ ।” 

विभिन्न शीर्षकमा गएको २ देखि ३ खर्ब कर्जा ब्याज तिर्नकै लागि प्रयोग भएको हुनसक्ने राष्ट्र बैंककै अधिकारीको आकलन छ । 

अब कोभिडको दोस्रो फेजको अर्थतन्त्रमा प्रभाव नपर्ने हो भने ठूलो समस्या नहुने अन्यथा ब्याज तिर्नको लागि कर्जा दिएका बैंकहरुको लागि अबको समय झनै चुनौतीपूर्ण देखिन्छ । 

बैंकर अनिल शाहको भनाइले पनि यसलाई पुष्टि गर्छ । चैत मसान्तमा रिकभरी राम्रो भएको, तर, कोभिडको दोस्रो लहर सुरु हुँदा बैंकरको मनमा चिसो भने पसेको उनको भनाइ छ । 

सोही  कुरा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी पनि दोहोर्‍याउँछन् । “आर्थिक गतिविधि चलायमान हुँदा बैंकिङ क्षेत्र पनि सहज भएको थियो, चैत मसान्तमा अपेक्षाकृत नै रिकभरि भयो,” उनले भने, “तर, दोस्रो लहर सुरु हुँदा अब अलि असहज हुन्छ कि भन्ने लागेको छ, बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको छ भने, पुनर्कर्जा पनि सकिदैन जान्छ ।”

सात महिनामा बैंकिङ सिस्टमबाट करिब ७ खर्ब कर्जा जाँदा २५ प्रतिशत माथि कर्जा ब्याज तिर्नकै लागि रहेको स्रोतको दाबी छ । तयसबाहेक पनि अन्य कर्जामा पनि ठूलो मात्रामा सेयर बजार तथा अन्य क्षेत्रमा गएको छ । 

कोभिडपछिको ९ महिनामा एग्रेसिभरुपमा भएको विस्तार भएको कर्जाको गुणस्तरमा भने बैंकहरुले ध्यान दिनुपर्ने देखिन्छ । 

यही केही बैंकले परफर्मेन्स राम्रो देखाउन लिएको रणनीतिले समग्र बैंकिङ क्षेत्र नै समस्यामा पर्ने अवस्था भने आउनु हुँदैन । 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल राष्ट्र बैंकले दिएको मौद्रिक नीतिले सहयोग गर्दा सहज अवस्थामा फर्किँदै गरेको बताउँछन् । अब दोस्रो लहर सुरु भएर व्यापार व्यवसाय प्रभावित हुने अवस्थामा भने बैंकहरु सचेत हुनुपर्ने उनको भनाइ छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro