site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडी हुँदा गुमेको उपाधि प्रशिक्षक हुँदा फिर्ता !

काठमाडौं । सन् १९९९ अक्टोबर ४ बालगोपाल महर्जनका लागि फुटबल जीवनको एक महत्वपूर्ण दिन थियो । उनले फुटबलमा लागेदेखि देशलाई घरेलु मैदानमा नै महत्वपूर्ण सफलता दिलाउने सोचेका थिए ।

सात देश सम्मिलित आठौँ सागमा नेपाल फाइनलमा पुग्यो । बंगलादेशसँग फाइनल खेल खेल्यो । घरेलु मैदानमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन । नेपाल बंगलादेशसँग १–० ले पराजित भयो । सोही टिमको महत्वपूर्ण खेलाडी थिए, बालगोपाल महर्जन ।

महर्जन हाल प्रशिक्षकको भूमिकामा छन् । महर्जनकै नेतृत्वमा नेपाली टोलीले वि.सं. २०६४ सालपछि घरेलु मैदानमा पहिलोपटक उपाधि उचाल्यो । त्रिदेशीय फुटबलअन्तर्गत नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्यो ।

उक्त उपाधि महर्जनका लागि विशेष रह्यो । विशेष यसकारण कि सन् १९९९ को सागमा घरेलु मैदानमा उनी खेलाडी रहँदा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । नेपाललाई उपाधि दिलाउन महर्जनलगायत खेलाडी असफल भएका थिए ।

“घरेलु मैदानमा नै साग फुटबलको उपाधि जिताउन नसक्दा आफ्नो खेल जीवनमा देशका लागि केही कुरा गुमाएँ भन्ने भएको थियो । तर, त्यो उपलब्धि हासिल नगरे पनि फुटबलमा नै केही सफलता दिलाउन सकेँ भन्ने लागेको थियो,” महर्जनले भने ।

सन् १९९३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका महर्जनले देशका लागि धेरै सफलतामा महत्वपूर्ण योगदान गरे । “नेपाली फुटबल टोलीमा जे जति गरेँ, त्यो एक जिम्मेवारीको रुपमा थियो,” उनले भने, “नेपाली फुटबलका लागि धेरैपटक जिम्मेवारी लिने मौका पाएँ । सबै जिम्मेवारीमा सफलता दिलाउने मेरो योजना थियो । कतिमा सफलता मिल्यो, कतिमा मिलेन । त्रिदेशीय फुटबलको उपाधि मेरो लागि केही विशेष थियो ।”

उनले खेलाडी र प्रशिक्षकको करियरमा हेर्दा यो उपाधि आफ्नो लागि महत्वपूर्ण भएको बताए । “यो उपाधि मेरो लागि महत्वपूर्ण हो । बंगलादेशलाई जित्दा आउने आनन्द बेग्लै हुन्छ । खेलाडी हुँदा मैले पूरा गर्न नसकेको काम प्रशिक्षक हुँदा पूरा गर्न सकेँ । यो मेरो लागि विशेष उपाधि हो । मेरो खेल जीवनको पनि महत्वपूर्ण,” महर्जनले भने ।

उपाधिसँगै नेपालले सात खेलदेखि लागेको गोलको खडेरी पनि महर्जनकै प्रशिक्षणमा तोड्न सफल भयो । नेपालले अन्तिमपटक विश्वकप छनोटअन्तर्गत चाइनिज ताईपेईविरुद्धको खेलमा दुई गोल गरेको थियो । त्यसयता नेपालले सात खेलमा गोल गर्न सकेको थिएन ।

त्रिदेशीय फुटबलको सुरुवाती दुई खेलमा नेपालले बराबरी खेल्दा उनी आलोचित भए । “खेलाडी छनोट र मेरो ड्रिम टिमको विषयलाई लिएर धेरैपटक आलोचना भयो । उक्त आलोचनालाई मैले खेपेँ पनि । तर, फाइलनमा नेपाललाई उपाधि जिताएसँगै आलोचना पनि समाप्त भयो,” महर्जनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro