site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोलविहीन नेपाल ! ‘कारण खोतल्दै छौैँ’
तस्बिर : एन्फा ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लामो समयदेखि गोल गर्न सकेको छैन । त्रिदेशीय फुटबल प्रतियोगितामा पनि नेपाल गोलविहीन रहेको छ ।

घरेलु मैदानमा जारी प्रतियोगिताको दुई खेलमा नेपालले गोल गर्न सकेन । पहिलो खेल कीर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि गोल गर्न सकेन ।

शनिबार नेपालले बंगलादेशसँग दोस्रो खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकियो । नेपालले त्रिदेशीय फुटबलमा मात्र होइन, यसअघिका पाँच खेलमा पनि गोल गर्न सकेको थिएन ।

विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलसम्म नेपाल गोलविहीन भएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले स्कोर गर्न नसक्नु लामो समयदेखि आफूहरुको कमजोरी भएको बताए ।

उनले त्रिदेशीय फुटबलको फाइनलमा स्कोर गर्ने तरिकाले मैदानमा उत्रने बताएका छन् । खेल प्रदर्शन राम्रो भए पनि गोल गर्न नसक्नु नेपाली टोलीको पहिलेदेखि नै कमजोरी भएको र अब त्यसमा सुधार ल्याउने उनको भनाइ छ ।

“गोल गर्न नसक्नु नेपाली टोलीको पहिलेदेखि नै कमजोरी हो । हामीले गोल गर्न नसक्नुका कारण खोतल्दै आएका छौँ । समय छोटो छ । तर, अब गोल नहुनुको कारण चाँडै खोतल्ने छौँ,” महर्जनले भने ।

उनले नेपालको फरवार्ड लाइन पनि बलियो बनाउँदै स्कोर गर्ने योजनाका साथ बंगलादेशसँगको फाइनल खेलमा प्रस्तुत हुने बताए । नेपाली टोली बंगलादेशसँगको खेलसँगै लगातार सात अन्तर्राष्ट्रिय खेलमा गोलविहीन बनेको छ । विश्वकप छनोटअन्तर्गत नेपालले अन्तिमपटक चाइनिज ताईपेईसँग २–० को जित निकालेको थियो ।

उक्त खेल नै नेपालले अन्तिमपटक गोल गर्न सकेको थियो । समग्रमा नेपाली टोली आठ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोलविहीन भएको छ । तर, कीर्गिस्तानको यू–२३ टोलीसँगको खेल भने गणना गरिएको छैन ।

नेपालले विश्वकप छनोटअन्तर्गतको तीन खेलमा गोल गर्न सकेको थिएन । नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो । विश्वकप फुटबल खेलिसकेको टोलीसँग ५–० ले पराजित हुँदा नेपालको प्रदर्शन राम्रो मानिए पनि गोल भने गर्न सकेन । त्यसपछि नेपालले जोर्डनसँग ३–० को हार व्यहोर्‍यो ।

नेपाली टोलीका खेलाडी रोहित चन्दले पछिल्लो समय गोल गर्न नसकोमा केही कमजोरी भएको बताए । टिमले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा त्यसको कमजोरीको विषयमा पनि छलफल भइरहेको र फाइनल खेलमा गोल गर्न नचुक्ने उनले बताए ।

“हामीले राम्रो खेल खेलिरहेका छौँ । टिमलाई नतिजा दिलाउन राम्रो खेल प्रदर्शनले मात्र नपुग्ने रहेछ । स्कोर गर्न नसक्नुको कारण खोतलीरहेका छौँ । फाइनल खेलमा अवश्य गोल गर्नेछौँ,” रोहितले पोस्टम्याच कन्फ्रेन्समा भने ।

विश्वकप छनोटअन्तर्गत नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो । त्यसपछि नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा पनि नेपाल पराजित भयो ३–० ले पराजित हुन पुग्यो ।

बंगलादेशको ढाकामा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा २–० ले पराजित नेपालले दोस्रो खेलमा गोलरहित बराबरीको नतिजा निकाल्यो ।

नेपालले त्रिदेशीय फुटबलमा कीर्गिस्तानविरुद्धको खेलमा गोलरहित बराबरी नतिजा निकाल्यो भने दोस्रो खेलमा बंगलादेशसँग पनि गोलरहित बराबरीमा रोकियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro