site stats
बाह्रखरी :: Baahrakhari
देश
खोप लगाएका वडध्यक्षलाई कोरोना
प्रतीकात्मक तस्बिर ।

दाङ । वडाध्यक्षलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका–३ को वडा कार्यालय बन्द गरिएको छ । गएको आइतबार वडाध्यक्ष माधवप्रसाद चौधरी र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएपछि यही चैत १३ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिएको हो ।

वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी स्वास्थ्य केन्द्र झिङ्नीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

ज्वरो आउने, घाँटी दुख्ने र पखाला लागेपछि वडाध्यक्ष दम्पतीले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गराएका थिए ।

वडाध्यक्ष चौधरीले गएको फागुन २६ गते कोरोनाविरुद्धको खोपसमेत लगाएका थिए । खोप लगाएको दुई हप्तासम्म रोगसँग लड्न सक्ने क्षमता तयार नहुने भएकाले संक्रमणको जोखिम रहने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्