site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा स्कुल बस दुर्घटना, एक विद्यार्थीको मृत्यु, २२ घाइते
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । २२ विद्यार्थी घाइते छन् ।

तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविको रा१क ४३३ नम्बरको बस दुर्घटना हुँदा उक्त माविमा कक्षा–११ मा अध्ययनरत् १८ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार गाउँबाट विद्यार्थी लिएर फर्कँदै गर्दा तुलसीपुर–१५, सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर बस पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका २२ विद्यार्थीमध्ये पाँचजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई कोहलपुर रेफर गरिएको छ । प्रहरी निरीक्षक शर्माका अनुसार बस सडकमै पल्टिएको थियो । चालक सम्पर्कमा आइनसकेकाले दुर्घटनाको कारण खुल्न नसकेको उनले बताए ।

Global Ime bank

विद्यालयहरुमा शोक बिदा
पब्लिक ज्ञानज्योतिको प्लस टुमा अध्ययनरत् छात्रा सम्झना केसीको दुर्घटनामा मृत्यु भएको शोकमा मंगलबार जिल्लाका सबै निजी विद्यालय गरिएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन दाङले जिल्लाका सबै विद्यालयलाई शोक मनाउन एक दिन बिदाको घोषणा गरेको हो ।

विद्यालयले उक्त दुर्घटनामा परी २९ विद्यार्थी घाइते भएका जनाएको छ । तर, प्रहरीले भने २२ जना घाइते रहेको जानकारी दिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलगायतका प्रहरी अधिकारी घटनास्थलको निरीक्षण गरी फर्किएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement