site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झा दम्पतीको अपहरणपछि हत्या आशंका, पोलिग्राफ परीक्षणमा अभियुक्तले बोले झुट !
Sarbottam CementSarbottam Cement

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवीको अपहरणमा संलग्न आरोपमा पक्राउ परेका चारैजनाले झुटो बोलेको पाइएको छ । पोलिग्राफ परीक्षणका क्रममा उनीहरु झुटो बोलेको पाइएको छ ।

प्रहरीले आइतबार बेलुका पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरुमा पिपरा गाउँपालिका–५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत, बिहारको मधुवनी घर भई महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुर छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झा दम्पती गएको फागुन १० गते राति ओछ्यानबाटै हराएका थिए । घटनामा संलग्नहरु पक्राउ परेको दाबी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ ।

प्रदेश नम्बर–२ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, “उनीहरुले अपराध स्वीकार त गरेका छैनन् तर उनीहरुविरुद्धका प्रमाण जुटेका छन् । पोलिग्राफ परीक्षणमा पनि चारैजनाले ९० प्रतिशत बढी झुटो बोलेको देखिन्छ । थप कुरा खुल्दै जाला ।”

Global Ime bank

रामबाबुको योजनामा झा दम्पतीको अपरहणपछि हत्या गरिएको हुनसक्ने प्रहरीले दाबी गर्दै आएको छ । रामबाबुको कोठामा रगत भेटिएको थियो । रगत परीक्षणका लागि काठमाडौं ल्याबमा ल्याइएको छ । झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ ।

झा दम्पतीको खोजीमा प्रदेश–२ प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली सक्रिय छ । झा मालपोत कार्यालयका अवकाशप्राप्त सुब्बा हुन् ।

अनुसन्धानका क्रममा घटनाको दिन रामबाबुलाई केही इन्टरनेट कल पनि आएको देखिएको छ । प्रहरीले अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।

झा दम्पतीको खोजीका क्रममा प्रहरीले तीनवटा पोखरीको पानी पूरै सुकाएको थियो भने ४२ वटा पोखरीमा सर्च गरिसकेको छ । झा दम्पतीको खोजीका लागि प्रहरी टोली अझै सक्रिय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !