site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तपाईंको ‘लगेज’ काठमाडौं विमानस्थलमै छुटेको त छैन ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३०० ‘लगेज’ थुप्रिएका छन् । विमान कम्पनीहरुले यात्रुसँगै लगेज समयमै नल्याइदिँदा कतिपय नेपाली यात्रु बिनालगेज आफ्नो घर पुग्छन् । कतिपय यात्रुको त विदेश फर्किएपछि मात्रै लगेज यहाँ आइपुग्ने गरेको पनि छ । त्यस्ता यात्रुको लगेज विमानस्थल कार्यालयको ‘कन्भेयर वेल्ट’मा राखिएको छ ।

यात्रुले नलगेका लगेजको व्यवस्थापन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मा पाएको नेपाल वायुसेवा निगमले गर्दै आएको छ । विमानस्थलको ‘कन्भेयर बेल्ट’मै ठूलो कोठामा आल्मुनियमको खापा बनाएर ती सामान राख्ने गरिन्थ्यो । तर, अहिले विमानस्थल सुधारको क्रममा सामान राखिएको कोठा भत्काइएको छ । ती सामानलाई विमानस्थलभित्रै सुरक्षित रूपमा राखिएको निगमले जनाएको छ ।

निगमको एयरपोर्ट शाखा प्रमुख अनिल घिमिरेका अनुसार असोजयता करिब ३०० लगेज विमानस्थलमा छन् । ती लगेज नागरिक उड्डयन प्राधिकरण, भन्सार, विमानस्थल प्रहरी र निगमको संयुक्त निगरानीमा राखिएको छ । उनका अनुसार कुनै यात्रुले आफ्नो लगेज लिनको लागि तीन महिनासम्म दाबी गर्न सक्छन् । तर, त्यसपछि पनि लगेज नलगिए लिलामीका लागि भन्सार कार्यालयलाई हस्तान्तरण गरिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घिमिरेका अनुसार कुनै यात्रु विदेशबाट आउँदा सँगै सामान आएन भने ‘पीआईआर’ फारम भरेर निवेदन दिन सकिन्छ । त्यसपछि यात्रुले तीन महिनासम्म दाबी गर्न सक्छन् । यदि, कुनै यात्रु नेपाल आएर लगेज आइपुग्नुपूर्व नै पुनः विदेश फर्किएका छन् भने पनि ती यात्रुले दिएको ठेगानामै लगेज पठाइदिने गरेको उनले बताए । नेपालको हकमा हवाई सेवा पुगेका स्थानमा यात्रुको ठेगानामै सामान कार्गो गरेर पठाउने गरेको उनले दाबी गरे ।

कुनै यात्रुले जानकारी गराएमा तीन महिनाभन्दा बढी समयसम्म पनि लगेज सुरक्षित तरिकाले राख्ने गरिन्छ । जानकारीबिना तीन महिनासम्म सामान लिन नआएको अवस्थामा भने लिलामीका लागि भन्सारलाई हस्तान्तरण गर्ने गरिन्छ । तर, भन्सारले डेढ वर्षदेखि लगेज लिलामी नगरेको विमानस्थलका एक अधिकारीले बताए ।

Global Ime bank

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता दयानन्द केसी भने कानुनले तोकेको समयमा लिलामी प्रक्रिया भइरहेको बताउँछन् । “जुन पायो त्यही सामान लिलामी गरेर पनि कसैले लैजाँदैनन् । मूल्यवान वस्तुको लिलामी गर्ने हो । टीभी, मदिराको लिलामी गर्दै आएका छौँ । प्रयोग भएको कपडाको त लिलामी गरेर कसले पो लैजान्छ र ?” उनले भने ।

विमान कम्पनीबाट सामान लगेपछि उनीहरुले भन्सारलाई दिने र भन्सार कानुनअनुसार सूचना प्रकाशित गरेर सम्बन्धित यात्रुलाई सामान लिन आउन भनिन्छ । तोकिएको समयमा पनि सामान लिन नआए लिलामी प्रक्रियामा लैजाने गरेको उनले बताए ।

कसरी छुट्छ लगेज ?

विमान कम्पनीहरुका कारण नै लगेज छुट्ने गरेको छ । विमानको तौल, तापक्रम र यात्रुको संख्याका कारण विमानको लोडमा असर गर्छ । विमान उड्ने बेलामा लोड बढी भयो भने यात्रुलाई जानकारी नदिई बढी भएको लोड मिलाउन वायुसेवा कम्पनीले लगेज झार्ने गरिदिन्छन्, जसका कारण यात्रु आएको विमानमा लगेज आउँदैन । यस्तो प्रायः बजेट एयरलाइन्समा हुने गरेको छ । विशेषगरी खाडी मुलुकबाट आउने नेपाली यात्रुहरुको सामान धेरै छुट्ने गरेको बताइन्छ ।

बजेट विमान कम्पनीहरुले धेरै ‘अफ–लोडिङ’ गर्ने गरेका छन् । अफ–लोडिङ गर्दा यात्रु आएकै विमानमा सामान नआउने हुन्छ । कतिपय अवस्थामा सम्बन्धित विमान कम्पनीले यात्रुलाई जानकारी दिने गर्छन् भने अधिकांश स्थितिमा जानकारी नै गराउँदैनन् ।

तीन महिनासम्म पनि आफ्नो सामान नपाए सम्बन्धित यात्रुले आफू आएको विमान कम्पनीसँग क्षतिपूर्तिसमेत दाबी गर्न सक्छन् । क्षतिपूर्ति दाबी गर्दा एक किलो सामान बराबर २० अमेरिकी डलर पाउने व्यवस्था रहेको घिमिरेले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement