site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओछ्यानबाटै हराएका दम्पती खोज्न ४२ पोखरीमा सर्च, प्रहरीले भेट्टायो ‘क्लु’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत फागुन १० गते महोत्तरीमा ओछ्यानबाटै बेपत्ता भएका झा दम्पतीको अवस्था अझै अज्ञात छ । 

पिपरा गाउँपालिका ५, सहोर्वाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी ओछ्यानबाटै बेपत्ता भएका थिए ।

कोठामा सुतिरहेका झा दम्पतीको खोजीमा प्रदेश २ प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली सक्रिय छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले घटनामा संलग्न आशंकामा झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय हरेन्द्र ठाकुरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । 

Global Ime bank

प्रहरीले घटनास्थलमा फेला परेको रगतको नमुना परीक्षणका लागि काठमाडौं पठाएको छ । रिपोर्ट अइसकेको छैन । झा मालपोत कार्यालयका अवकाशप्राप्त सुब्बासमेत हुन् ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले रामबाबु यादवको कोठामा रगत भेटिएकोले घटनामा उनको संलग्नता छ कि भनेर अनुसन्धान जारी राखिएको बताउँछन् । रामबाबुले जमिनको विषयलाई लिएर झा दम्पतीलाई विगतमा धम्क्याउँदै आएको पनि खुलेको छ । 

डीआईजी सिंहले भने, “घटनाको राति रामबाबुलाई केही इन्टरनेट कल पनि आएको देखिएको छ । उनको विगत पनि त्यति राम्रो रहेनछ । कोठामा पनि रगत भेटिएकाले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । तर यकिनका साथ अहिले नै भन्न सकिन्न ।”

अनुसन्धानमा केही ‘क्लु’ भने फेला परेको दाबी छ । 

पारिवारिक, आर्थिक र व्यक्तिगत विषयमा अनुसन्धान केन्द्रित गरिएको डीआईजी सिंह बताउँछन् । 

प्रहरीले अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । कुकुरले देखाएको संकेतका आधारमा हत्या गरेर गाडेको छ कि भन्ने आशंकामा प्रहरीले तीनवटा पोखरीको पूरै पानी सुकाइएको थियो । सिंहका अनुसार ती पोखरी झाको घरभन्दा एक डेढ किलोमिटरको दुरीमा छन् । 

यसबाहेक आफूहरुले खोजीका लागि महोत्तरी र धनुषाका ४२ पोखरीमा र्‍याफ्टिङ गरेर सर्च अपरेसन गरेको डीआईजी सिंह बताउँछन् । 

उनले भने,“५० जनाको टोलीले पोखरी सर्च गरेको हो । शंकास्पद अन्य स्थानमा पनि खोजी गरेका छौं । अनुसन्धानमा सक्रिय भएका छौं । नतिजा छिट्टै आउनेमा आशावादी छौं ।”

प्रहरीले शंकास्पदहरुको निगरानी, सोधपुछलगायतका कामलाई समेत अघि बढाएको छ ।

घटनाको समयमा झाका छोरा भारतमा थिए । घरमा दुई बुहारी मात्रै थिए । स्थानीयले अनुसन्धान सीआईबीको टोलीबाट हुनुपर्ने माग गरेका थिए । सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा टोली खटाएको छ । सीआईबी प्रमुख डीआईजी सहकुल थापाले भने,“हामीले प्राविधिक पाटो हेरिरहेका छौं । यसबाहेक सोही क्षेत्रमा रहेको टोलीसँग समन्वय गरेर अनुसन्धानमा केन्द्रित भएका छौँ ।”

अनुसन्धानमा खटिएको टोलीले झा दम्पतीको अपराधिक समूहले अपहरण गरेको हुनसक्ने अनुमान गर्दै आएका छन् ।

फोटो : विभिन्न स्थानमा रहेका पोखरीमा सर्च गर्दै प्रहरी ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !