site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१३ देश छलेर यसरी अवैध बाटोबाट अमेरिका पुग्छन् नेपाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक नेपाली युवक ३२ लाख तिरेर भारतको नयाँ दिल्ली हुँदै अवैध बाटोबाट अमेरिका पुगे । अमेरिका छिरेर अवैध काम गर्ने क्रममा उनी पक्राउ परे । पक्राउ परेपछि उनलाई १३ महिना जेलमा राखियो । 

उनी नेपालञ्ज हुँदै नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीसहित विभिन्न १३ वटा राष्ट्रबाट लुक्दै अमेरिका छिरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनी नयाँ दिल्लीबाट रसिया, क्युवा, पानामा, कोस्टारीका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला, मेस्किको हुँदै अमेरिका पुगेका थिए । १३ महिनाको जेल सजायपछि उनलाई अमेरिकाले गत माघ २१ गते नेपाल फर्कादिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्का युवक काठमाडौंबाट कतार हुँदै दलालको सहयोगमा ३२ लाख तिरेर अमेरिका पुगेको ब्यूरोले गरेको अनुसन्धानपछि पुष्टि भएको छ । उनी कतार, स्पेन, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगे । त्यहाँ अवैध रुपमा काम गर्ने क्रममा पक्राउ परे । पक्राउ परेपछि १३ महिना जेल सजाय भोगे । त्यसपछि गत माघ २१ गते अमेरिकाबाट नेपाल फर्काइयो । 

अर्का एक युवक अमेरिका पुग्ने अवैध बाटो रोज्दा १६ महिना जेल बस्न पुगे । एकजना अमेरिकी नागरिकसँग विवाद हुँदा उनी अवैध बाटोबाट छिरेको पाइएपछि पक्राउ परे । उनी काठमाडौंबाट दुवई हुँदै अमेरिका गएका थिए । 

Global Ime bank

अर्का एकजना १० लाख तिरेर अवैध बाटोबाट अमेरिका पुगे । उनी काठमाडौंबाट दुबई हुँदै मस्को, म्याड्रिड, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला, मेक्सीको हुँदै अमेरिका पुगेका थिए । अमेरिका प्रवेश गरी अवैध रुपमा ग्याँस स्टेसनमा गाडी चलाउने क्रममा चेकिङमा पक्राउ परे । ९ महिना शरणार्थी शिविरमा राखेर उनलाई नेपाल फर्काइयो । 

यी घटना उदाहरणमात्रै हुन् । अवैध बाटोबाट अमेरिका पसेका सयौं नेपाली पक्राउ परी जेलमा बस्न बाध्य छन् । 

जेल सजायपछि उनीहरुलाई अमेरिकाले आफ्नै रकममा नेपाल डिपोर्ट गर्ने गरेको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी अनुराग द्धिवेदी बताउँछन् ।

अमेरिका छिर्न धेरैजसोले भारतको बाटो प्रयोग गर्ने गरेका छन् । भारतीय बाटोबाट अमेरिका छिर्ने क्रममा महिनौंसम्म पनि लाग्ने गरेको छ । 

भारतबाट १३ देशको बाटो हुँदै नेपालीहरु अमेरिका पुग्ने गरेका छन् । अमेरिका पुग्ने र त्यहाँ पुगेर अवैध रुपमा बस्ने गरेका हुन् ।

अवैध बाटोबाट अमेरिका जाँदा कतिपय अवस्थामा ज्यानकै जोखिम समेत हुने गरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अधिकारीहरु बताउँछन् । भारतबाट गएकाहरुको तथ्याङ्क सरकारी निकायसँग हुँदैन । यस्तोमा उनीहरु जोखिममा परे उद्धारमा समेत कठिनाई हुने गरेको सरकारी अधिकारीहरुको दाबी छ । 

ब्यूरोकी प्रमुख एसएसपी दुर्गा सिंह अवैध बाटोबाट विदेश नजान आग्रह गर्छिन् । यस्तोमा बेचबिखनको जोखिम समेत बढ्नसक्ने उनको बुझाइ छ । 

ब्यूरोकै एसपी अनुराग द्धिवेदी अवैध बाटोबाट अमेरिका छिर्ने नेपालीले ३० देखि ४० लाखसम्म खर्च गरेको पाइएको छ । 

यस्तो छ दिल्ली हुँदै अमेरिका पुग्ने रुट

वैध बाटोबाट अमेरिका जान नेपालबाटै सकिन्छ । तर दलालहरुले अवैध बाटोबाट लैजान प्रायः भारतको नयाँ दिल्लीबाट अमेरिकासम्मको रुट तय गर्छन् । 

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार अवैध बाटोबाट अमेरिका छिर्न सबैभन्दा पहिले नेपालबाट भारतको नयाँ दिल्ली पुर्‍याइन्छ ।

नयाँ दिल्लीबाट हवाई यात्रामार्फत रसिया पुर्‍याइन्छ । रसियाबाट जहाजमै स्पेनको म्याड्रिड पुर्‍याइन्छ । स्पेनबाट बोलिभिया पनि जहाजमै पुर्‍याइन्छ । बोलिभियाबाट पेरु भने बसबाट लगिन्छ । पेरुबाट भुमध्यरेखासम्म बसमा लगिन्छ । त्यहाँबाट इक्वेडोर हुँदै कोलम्बिया बसमा राखेर लगिन्छ ।

कोलम्बियाबाट पानामा पैदल र केही यात्रा समुद्रमा डुङ्गाबाट तय गरिन्छ । जुन निकै जोखिमपूर्ण मानिन्छ । पानाबाट बस र ट्याक्सीमा चढाएर कोस्टारिका पुर्‍याइन्छ । कोस्टारिकाबाट निकारागुवा भने पैदल यात्रा तय गर्नुपर्छ । 

निकारागुवाबाट बसमा होण्डुरस पुर्‍याइन्छ । होण्डुरसबाट ग्वाटेमाला बस र ट्याक्सीमा पुर्‍याइन्छ । 

ग्वाटेमालाबाट म्याक्सीको बस, ट्याक्सी, जहाज र पैदल रुपमासमेत पुग्ने गरिन्छ । त्यहाँबाट अमेरिकाको सीमानामा पुगिन्छ ।

सीमा पार गर्ने क्रममा कयौं नेपालीहरु पक्राउ समेत पर्ने गरेका छन् । 

अवैध रुपमा प्रवेश गरेका नेपालीलाई अमेरिकाले जेलमा राख्ने गरेको छ । जेल सजाय काटेपछि अमेरिकाले आफ्नै खर्चमा उनीहरुलाई नेपाल छाड्ने गरेको छ । 

तीन वर्षमा १ सय ५८ नेपाली डिपोट

पछिल्लो तीनवर्षमा अमेरिकाले १ सय ५८ जना नेपालीलाई डिपोर्ट गरेको छ । 

उनीहरु सबै अवैध बाटोबाट अमेरिका पुगेका हुन् । अवैध बाटोबाट अमेरिका छिर्नेमा प्रायःजसो पुरुष छन् । अमेरिकाले आर्थिक वर्ष ०७५–०७६ मा ४५ जनालाई नेपाल डिपोट गर्‍यो । 

आर्थिक वर्ष ०७६–०७७ मा ८३ जना डिपोट भए । मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार चालु आर्थीक वर्षमा पनि अमेरिकाले ३० जनालाई डिपोर्ट गरिसकेको छ । 

तस्बिर सौजन्य : मानव बेचविखन अनुसन्धान ब्यूरो 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !