site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२७ दिनदेखि ओछ्यानसहित झा दम्पती बेपत्ता 

जनकपुरधाम । जनकपुर–जलेश्वर सडकखण्ड अन्तर्गत पर्छ, सोहर्वा गाउँ । सडक छेउमै छ, सौहर्वा माध्यमिक विद्यालय ।

त्यसको दक्षिणतर्फबाट साँघुरो बाटो छ । साँघुरो पक्की सडक भएर बाँयातर्फ दोस्रो घर मुसाफिर झाको छ । झाको घर चारैतिर पर्खालले घेरिएको छ । उनको तीनवटा घर छुटाछुट्टै छ । घरमा प्रवेश गर्नुअघि फलामको ढोका छ । 

ढोकाको बाँयापट्टी भान्सा घर छ । त्यसको अगाडि दुईकोठे टाली भएको घर छ । त्यसको पछाडि छत ढलान भएको चारकोठे घर छ । 

२६ दिन पहिले राति खाना खाएर मुुसाफिर टाली भएको दक्षिणतर्फको कोठामा सुते । मुसाफिर सुतेकै कोठाको छेउको कोठामा उनका कान्छी बुहारी उषा झा सुतिन् । उनकी श्रीमती गीतादेवी पक्की घर भएको कोठामा सुतिन् । जेठी बुहारी अंशु झा दुई घर पर रहेको पुरानो घरमा सुत्न गइन् । 

कान्छी बुहारी उषा साढे दश बजे सुतेपछि बिहान ५ बजे निद्रा खुलेको बताउँछिन् ।

उनका अनुसार बाहिर निस्किन खोज्दा बाहिरबाट ढोका थुनेको थियो । “ढोका ढक्ढक्याएँ, तर कोही पनि सुनेन । एकछिन बेडमै आराम गरेँ,” उनले भनिन्, “फेरि ६ बजे तिर ढोका ढकढक्याएँ । दिदी अंशु झाले खोलिन् ।” 

दुवैजना काममा लागे, उषाले चिया पकाउन थालिन् । 

एकछिनपछि अंशु पक्की घरमा कामले जान लाग्दा ढोकामा पानी पोखिएको देखिन् । “अलिकति अगाडि जाँदा, रगत पनि देखेँ । सासु गीता देवी सुतेको कोठा खाली थियो । ओछ्यानसमेत नरहेको अंशुले सुनाइन् । आत्तिएर छोरीलाई ससुरालाई बोलाउन लगाएँ, छोरीले हजुर बुबा पनि घरमा नरहेको र ओछ्यान पनि नरहेको बताइन्,” उनले भनिन्, “हामी आत्तियौं । छिमेकीलाई बोलायौं । चारै तिर खोज्यौ । गाउँमा हल्ला भयो । तर, कतै पनि भेटिनु भएन ।”

राति गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै प्रकारको अवाज नसुनेको मुसाफिरको बुहारी उषाको भनाइ छ । “राति बुबाआमा खाना खाएर चाँडै सुत्नु भएको थियो,” कान्छी बुहारी उषाले भनिन्, “गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै अवाज आएन ।”

२७ दिनदेखि झा दम्पती बेपत्ता छन् । घर सुनसान छ । घरमा खाना पाक्दैन । पाके पनि कसैलाई खाना रुच्दैन । विवाह भइसकेका मुसाफिरका दुई छोरी पनि माइत आएका छन् ।

छिनछिनमा रोइरहन्छन् परिवारका अनुसार बेला बेला बेहोस् हुन्छन् । भारतमा रोजगारी गरिरहेका मुसाफिरका कान्छा छोरा मनिष पनि आएका छन् । 

बुबाआमा दुवै बेपत्ता छन् । उनका जेठा दाइको केही वर्षपहिले मृत्यु भइसकेको छ ।

झा दम्पती बेपत्ता भएको खबरले गाउँभर त्रास छ । २४ सै घण्टा प्रहरीले पहरा दिइरहेका छन् । विभिन्न कोणबाट प्रहरी अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीले संयुक्तरुपमा अनुसन्धान गरिरहेको छ । तर, प्रगति शून्यजस्तै छ । प्रदेश प्रहरी प्रमूख धिरजप्रताप सिंहले विशेषतः तीनवटा कोणबाट अनुसन्धान भइरहेको बताए । 

उनका अनुसार आर्थिक लेनदेन, व्यक्तिगत रिसिइबी र पारिवारिक समस्यालगायतका कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ।४० वटा पोखरी सर्च भएको भन्दै दुई वटा पोखरीमा पानी खाली गरेर नै अनुसन्धान गरेको उनले जानकारी दिए । 

प्रहरीले छिमेकीसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro