site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सेयर बजारमा नेपाली

मैले पनि सेयरमा लगानी गर्न सुरु गरे, यसै साता भेटिएका एकजना नेपाली व्यवसायीले आफ्नो नयाँ कुरा यसरी सुनाए । किन ? उनले जवाफमा भने अहिले त सेयरमा लगानी नगर्ने हो भने ग्रुपमै एक्लोजस्तो हुन थालियो सवै साथीभाइ त्यही मात्र कुरा गर्छन् ।

विश्वकै सबैभन्दा परिष्कृत मानिने न्युयोर्क स्टक एक्स्चेन्जमा लगानी गर्ने नेपालीको संख्या यसरी दिनहुँ बढिरहेको छ । केही सयदेखि १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्नेहरू भेटिन्छन् । यही लगानीअनुसार आपसमा दैनिक सानोदेखि ठूलो नाफा घाटाको हर-हिसाब भइरहन्छ ।
 
नेपालीबीचको सानो समूहमा कुरा उठाउँदा पनि एक-दुईजना सेयर बजारमा लगानी गर्ने भेटिन्छन् । प्रत्येक सहरमा सेयरमा लगानी गर्ने कोही न कोही नेपाली फेला पर्छन् । सेयरबारे कुरा उठेपछि कुनमा लगानी गर्दा फाइदा छ कुनमा बेफाइदा हुन्छ भन्ने छलफल हुने नै भयो । धेरैको लगानी कुनमा गर्ने/नगर्ने तय गर्ने आधार पनि यही हो ।

अनलाइनमार्फत केही मिनेटमा व्यक्तिगत विवरण दिएर एकाउन्ट खोलेपछि घरमै बसेर सेयर किनबेच गर्न सकिन्छ । बैंकबाट अनलाइनबाटै सेयर कारोबार गर्न खातामा पैसा सारेपछि सेयर किनबेच सुरु हुन्छ ।

कोभिड १९ पछि घरमै बढी समय बस्नुपर्ने बाध्यता सेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका थिए । यसैबेला सेयरमा लगानी गर्ने नेपालीको संख्या पनि ह्वात्तै बढेको छ । एकजना लगानीकर्ता भन्छन् हामी ऊबर (नेपालमा पठाओ, टुटलजस्तै) चलाउँथ्यौं कोरोनाले काम कम भयो बाहिर निस्कन डर पनि थियो साथीहरूले सेयरमा लगानी गर्ने सल्लाह दिए अहिलेले हाम्रो ठूलै ग्रुप भइसक्यो । दैनिक नाफा-घाटा नै कुरा हुन्छ ।

सेयर कारोबारका लागि धेरै नेपालीले रुविनहुडमा एकाउन्ट खोलेको पाइन्छ । रुविनहुडले सेयर बजारमा आउने चाहने साना लगानीकर्तालाई सहज पहुँच दिएकाले पनि यसमा आबद्ध भई कारोबार गर्नेको संख्या बढेको-बढ्यै छ । रविनहुड अमेरिकामा चर्चामा आइरहने ब्रोकर एजेन्सी पनि हो ।

सेयरमा लगानी गर्ने नेपालीले फेसबुकमा रुविनहुड नेपाली समूह एकाउन्टसमेत खोलेका छन् । यहाँ लगानीकर्ताले विभिन्न जानकारी, प्रतिक्रिया, फाइदा-बेफाइदाबारे जानकारी राखिरहेका हुन्छन् । एप्पलले डुबायो, टेस्लाको गाडी के भयोजस्ता रमाइला प्रतिक्रियाहरू यहाँ पढ्न पाइन्छ । नियो किन्ने कि बेच्ने सुझाव पाऊँ हैजस्ता प्रश्न र उत्तर त्यहाँ पाइन्छन् ।

कोभिड १९ सुरु भएलगत्तै अमेरिकी डलर बजार घटेको थियो । यसै बेला ठूलो संख्यामा नेपालीहरू बजारमा प्रवेश गरेकाले धेरैलाई फाइदा भएको छ । कोभिड १९ को प्रभावले अमेरिकाको सेयर बजार केही साता मात्र तल झर्यो । 
सरकारको आर्थिक प्योकज, बेरोजगार भत्ता, प्रत्यक्ष नगद दिएकाले पनि धेरैको हातमा त्यही वेला पैसा पर्‍यो । त्यसैले बजार उचालिँदै गयो । एक वर्ष अघि करिब १८०० मा आएको अमेरिकाको सेयर बजार सूचक डोजोन्स अहिले ३१ हजार माथि छ ।

नयाँ मात्र होइन सेयरका पुराना खेलाडी पनि छन् । न्युयोर्क बस्ने रविन वज्राचार्यलगायत कैयौं नेपालीले केही वर्षअघि देखि अमेरिकी सेयर बजारमा लगानी गर्ने थालेका थिए । रविनले २५ वर्षअघि नेपालको सेयर बजारमा लगानी गर्न सुरु गरेका थिए । उनी दुई दशकअघि अमेरिका आए यहाँ पनि लगानी गर्न थाले ।

अमेरिकी सेयर बजारमा सक्रिय नेपाली कति छन् त एकिन तथ्यांक भने छैन तर, यो संख्या पाँच हजारभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

महँगादेखि सस्ता पेनीमा पाइने सेयर बजारमा लगानी गर्ने नेपाली छन् । टेस्ला, एप्पल, बोइङजस्ता ठूला कम्पनीदेखि गाँजा उत्पादन गर्ने कम्पनीसम्मका सेयरमा नेपालीको लगानी गरेको पाइन्छ । लगानीका आ-आफ्नै तरिका छन् । कोही दैनिक किनबेचमा सक्रिय छन् भने कोही भविष्यमा बढ्छ भन्ने कम्पनी खोज्दै लगानी गरेका छन् । अप्सनमा खेल्नेसम्मको जोखिम उठाउने पनि छन् ।

सेयर बजार लगानीको राम्रो क्षेत्र हो तर, यो जोखिममुक्त भने छैन । घर खर्च चलाउने वा घर भाडा तिर्ने वा कलेजको फिस तिर्ने पैसा सेयरमा लगानी गर्ने होइन सेयर बजार बुझेका लगानीकर्ता भन्छन् बचत छ भने केही मात्र जोखिम लिने हो, विदेशमा लगानी गर्दा यो नै बुद्धिमानी हुन्छ । सेयर बजारमा सबैभन्दा महत्त्वपूर्ण समय हो घटेका बेला किन्न र बढेका बेला बिक्री गर्न सक्यो भने नाफा हुन्छ । बजार कारोबार भएको दिन दैनिक तलमाथि हुन्छ किनेको सेयर नबेच्दासम्म कागजी नाफा घाटा मात्र हो ।

नेपालको बजारले गुमाउँदै गरेको अवसर
अमेरिका बसेर सेयरमा लगानी गर्नेले अहिलेसम्म नेपालको सेयर बजारमा खासै चासो देखाएका छैनन् । नेपालको सेयर बजारसँग सम्बद्ध निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जले पनि यसबारे कुनै चासो राखेको देखिँदैन । धितोपत्र बोर्ड र नेपाल स्टक विदेशमा वस्ने यस्ता सक्रिय लगानीकर्तालाई तान्न सक्षम पनि छैन ।

डिम्याट खाता, अनलाइनमार्फत कारोबार गर्नका लागि पूरा गर्नुपर्ने प्रक्रिया, सेयर किनबेचपछिको राफसाफको झन्झटले अमेरिकी सेयर बजारमा लगानी गर्ने नेपालीलाई नेपालको सेयर बजारले आकर्षित गर्ने सक्ने अवस्था छैन ।

अनलाइनमार्फत नेपालमा सेयर किनबेच गर्न सकिन्छ । तर, यसका लागि झन्झट छन् । पहिले नागरिकता देखाएर आफैं उपस्थित भई डिम्याट खाता खोल्नुपर्छ । त्यसपछि मेरो सेयर फाराम भरेर अनलाइनमार्फत कारोबार गर्न त सकिन्छ । तर, त्यहाँ बैंक खाता हुनुपर्छ । यो बैंक खाता पनि मेरो सेयर खातासँग जोडिनुपर्छ । अर्को झन्झट किनबेचपछि राफसाफको हो । बेच्यो आफ्नो खातामा पैसा आउने दुई सातासम्म लाग्छ ।

यस्तो झन्झटमा अमेरिकामा बसेर लगानी गर्ने लगानीकर्ता आकर्षित हुने अवस्था नै आउने भएन । अमेरिकामा यस्तो धेरैले सेयर बजारमा लगानी गरेका छन् भने सगुन भन्ने कम्पनीको कथा के हो त ? जसले सेयर बजार बुझेका थिए अमेरिकाको बजारमा लगानी गरेका थिए, उनीहरू सगुनमा आकर्षित थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro