site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण फेर्दै छ माओवादी केन्द्रले नाम

काठमाडौं । माओवादी केन्द्रमा पुनः नाम फेर्ने बहस चलेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादीले तेस्रोपटक नाम फेर्ने बहस चलाएको हो ।

यसअघि, २०६५ मंसिरमा नेकपा (एकता केन्द्र–मसाल)सँग एकता गरेपछि जनयुद्धकालको नेकपा (माओवादी)बाट एकीकृत नेकपा (माओवादी) अर्थात् एमाओवादीमा रूपान्तरित भएको थियो । त्यसपछि २०७३ जेठ ७ गते विभिन्न दश कम्युनिस्ट घटकहरूसँग एकता गर्दै एमाओवादी नेकपा (माओवादी) केन्द्रमा बदलिएको थियो ।
माओवादी केन्द्रमा नाम फेर्ने सामान्य बहस चलेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

“हामी एकीकृत समूह नेपाल कम्युनिस्ट पार्टीको रूपमा नाम राखिसकेको र एकता पनि गरिसकेको अवस्था थियो । तीन वर्षपछि त्यही पार्टीमा फर्कंदा त्यति सान्दर्भिक देखिँदैन । यही कारणले छलफल चलेको हो,” उनले भने ।

उनले एउटा प्रक्रियाबाट मात्रै नाम परिवर्तन हुने जानकारी दिए ।  माओवादी केन्द्रले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । चैत १ गते प्रशिक्षणात्मक कार्यकर्ता भेला आयोजना गरेको छ । नाम फेर्ने बहस सम्भवतः त्यहाँ पनि चल्नेछ ।

“केन्द्रीय कमिटीले पनि नाम फेर्न सक्छ,” उनी भन्छन्, “एउटा सम्मेलन र महाधिवेशनसम्म पनि जानसक्छ ।” उनले पुरानो पार्टीलाई नयाँ पार्टीमा विलय गरिसकेको र त्यही पार्टीमा फर्कनु त्यति सान्दर्भिकता नहुने भएकाले बहस चलेको र विस्तारित हुन बाँकी रहेको दोहोर्‍याए ।

‘ओली नेतृत्वको एमालेसँग एकताको कुनै सम्भावना छैन’
माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका पुनले एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए । “ओलीजीको एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यस पार्टीभित्रका विचार मिल्ने, राजनीतिक प्रवृत्ति मिल्नेहरूसँगको एकताको सम्भावनालाई हामीले जीवितै राखेका छौँ । त्यसैका लागि पार्टीको नयाँ नाम राख्नुपर्छ भन्ने सोचेका हौँ,” उनले थपे ।

पूर्वऊर्जामन्त्रीसमेत रहेका पुनले निर्वाचन आयोगले एकता निम्ति आउन भन्दै काटेको पत्रको पनि कुनै जवाफ नदिने र आयोग पनि नजाने बताए । आधिकारिकता निरूपणका लागि पत्र बुझाएको झन्डै ७० दिनसम्म मौन बस्ने आयोगमा अब जानुको कुनै सान्दर्भिकता नरहेको उनको जिकिर थियो ।

“हुतिहारा निर्वाचन आयोगको पत्रको त के अर्थ भयो र ? एउटा निर्णयमा पुग्न नसक्ने निर्वाचन आयोगको पत्रको कुनै अर्थ छैन । निर्वाचन आयोगले आफ्नो औचित्य गुमाइसकेको छ, यो सन्दर्भमा,” पुनले आक्रोशित भावमा भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro