site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लवका हतियारबारे सरकार मौन : सुरक्षा निकाय असन्तुष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका क्रममा हतियारको प्रसंगमा मौनता साधेपछि सुरक्षा निकाय असन्तृष्ट देखिएका छन् । हिसांत्मक गतिविधिमा लागेको निष्कर्ष निकाल्दै सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

दुईवर्षे प्रतिबन्धपछि अघिल्लो साता मात्रै विप्लव र सरकारी समूहबीच वार्ता भएको थियो । वार्तामा प्रतिबन्ध फुकुवा, सो समूहमा नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिने सहमति भयो । तर, सहमतिपत्रमा हतियारबारे कुनै कुरा उल्लेख गरिएन ।

विप्लव समूहका नेताहरुले आफूहरुसँग हतियार नभएको दाबी गर्दै आएका छन् । तर, वार्ताअघि मुलुकका विभिन्न स्थानबाट सो समूहका नेता–कार्यकर्ता हतियारसहित पक्राउ पर्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले ०७६  मंसिर १ गते दाङ र कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट अत्याधुनिक हतियार बरामद गरेको थियो । तत्कालीन समयमा कपिलवस्तुको  शिवनगरबाट पाँचथान एसएमजी राइफल, म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरेको थियो । ती हतियार विप्लव समूहकै भएको प्रहरीको दाबी थियो ।

यस्तै, मोरङबाट सो समूहका कार्यकर्ता धनबहादुर विक स्वचालित हतियारसहित गएको माघमा पक्राउ परेका थिए । यसबाहेक मुलुकका विभिन्न स्थानबाट हतियारसहित कार्यकर्ता पक्राउ पर्दै आएका थिए । केही स्थानमा प्रहरीसँग दोहरो फायरिङसमेत भएको थियो ।

Global Ime bank

प्रहरी उच्च अधिकारीहरु भन्छन्, “सरकारले वार्ता गर्दा हतियारको कुरा गर्नुपर्ने हो । हतियार नबुझाउँदा विप्लव समूहबाट खतरा सधैँ रहिरहने देखियो । हामीले हतियारसहित कार्यकर्ता पक्राउ गर्ने, उनीहरुले हतियार नै छैन भन्ने कसरी मिल्छ ? यसबारे सरकार गम्भीर हुन जरुरी छ ।”

विभिन्न समयमा विप्लव समूहले देशका धेरै स्थानमा विस्फोटसमेत गराएको थियो । उपत्यकामै पनि दर्जनौँ स्थानमा विस्फोटक पदार्थ राखेको थियो ।

सुरक्षा निकाय अझै पनि विप्लव समूहबाट आन्तरिक सुरक्षामा खतरा रहेको औल्याउँछन् । विप्लवले वार्तालाई उपयोग गरेको हुनसक्ने सुरक्षा निकायको आशंका छ ।

तत्कालीन माओवादीले जनयुद्धकालीन समयमा लुकाएका हतियार विप्लव समूहले प्रयोग गर्दै आएको सुरक्षा संयन्त्रहरुको विश्लेषण छ । विप्लव समूहसँग एम–१६, एसएमजी, एके–४७ जस्ता अत्याधुनिक हतियार रहेको बताइएको छ ।

विप्लव समूहसँग प्रारम्भिक वार्ताका क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समेत पहिले हतियार बुझाउनुपर्ने सर्त राखेका थिए । तर, विप्लव समूहले हतियार नभएको दाबी गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विप्लव समूहसँग भएका हतियार खोई ? भन्दै प्रश्न उठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !