site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीकै मत बाझियो, हेडक्वार्टरमा लगातार छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको अनुुसन्धानलाई लिएर प्रहरी अधिकृतकै मत बाझिएको छ ।
फरक–फरक समयमा अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतको मत बाझिएको हो । मत बाझिएपछि प्रहरी प्रधान कार्यालय ‘प्रहरी हेडक्वार्टर’ले हालसम्म अनुसन्धानमा खटिएका सबै अधिकृतहरुसँग छलफल सुरु गरेको छ ।

जसमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्टदेखि पछिल्लो समयसम्म खटिएका प्रहरी अधिकृतसम्मलाई हेडक्वार्टरमा बोलाएर लगातार छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले निर्मलाको हत्यामा फरक फरक राय दिएपछि प्रहरी प्रधान कार्यालयले नै यो विषयलाई चासोका साथ हेरेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको एक टोलीले घटनामा दिलिप विष्टकै संलग्नता रहेको दाबी गर्दै आएका छन् भने अनुसन्धानमा खटिएका धेरैजसो प्रहरी अधिकारीले दिलिप नै बलात्कार र हत्यामा संलग्न भएको दाबी गर्न नसकिने तर्क गर्दै आएका छन् ।

आईजीपी शैलेश थापा क्षेत्रीको निर्देशनमा निरज शाही र विश्वराज पोखरेलले सबैसँग छलफल सुरु गरेका हुन् ।

Global Ime bank

छलफलमा सहभागी एक प्रहरी अधिकृतले भने,“दुई चरणमा छलफल भएको छ । फेरि छलफल गर्ने र सबैको रिपोर्टिङ सुन्ने कुरा छ । खासगरी सुरुवाती नेतृत्व र अनुसन्धान टोलीले दिलिपलाई नै अभियुक्त भनेका छन् । अधिकांश अनुसन्धान अधिकृतले त्यसलाई अस्वीकार गरेका छौँ । हाम्रा बीचमा नै घटनास्थल, अनुसन्धान पद्धतीलगायत विविध विषयमा फरक मत छन् ।”
हालसम्म निर्मला हत्याकाण्डको अनुसन्धानमा १६ बढी प्रहरी अधिकृत खटिइसकेका छन् ।

बलात्कारपछि हत्या भएको साढे २ वर्ष बितिसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । प्रहरीले भने घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ । 

स्रोतका अनुसार आईजीपी क्षेत्रीले तीन महिनाभित्र सफलता हात पार्ने गरी तल्लो तहलाई निर्देशन दिएको बताइएको छ ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

भासी जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा सफलता प्राप्त नहुँदा प्रहरीको आलोचना हुँदै आएको छ ।

घटनाको सुरुवाती समयदेखि नै केन्द्रीय अनुसन्धान व्युरोको विषेश टोली कञ्चनपुरमै छ । हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका छ ।

प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलिप सिंह विष्टलाई निर्मला हत्याकाण्डको अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए ।

तत्कालीन समयमा दिलिपलाई सार्वजनिक गरेका प्रहरी अधिकारीहरु उनीबाहेक अर्कोको संलग्नता हुनै नसक्ने दाबी गर्दै आएका छन् ।

तर अन्य प्रहरी अधिकृतहरु त्यो दाबी मान्न तयार देखिँदैनन् ।  प्रहरीले हालसम्म ८० जनाको डीएनए परीक्षण गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !