site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले किन लिन्छन् ‘फेक न्युज’ को सहारा ?
SkywellSkywell

काठमाडौं । हामी सोच्छौँ– सरकारमा रहेकाहरूसँग सही, तथ्यपरक र वस्तुनिष्ठ सूचना हुन्छ । त्यही आधारमा उसले योजना बनाउँछ । राज्यसत्ता परिचालन गर्छ । तर, प्रधानमन्त्रीका पटकपटकका अभिव्यक्तिले त्यसको खारेज गरिरहेको छ । समाचार तथ्यपरक भएन भनेर प्रधानमन्त्रीले नै दैनिकजसो सञ्चारमाध्यमलाई आरोप लगाउने गर्छन् । 

तर, प्रधानमन्त्री स्वयम् गलत सूचना र ‘फेक न्युज’बाट प्रताडित छन् भनेर बुझ्न कठिन छैन । उनका भाषणहरू नै त्यसका प्रमाण हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय पटक–पटक ‘फेक न्युज’ र ‘फेक सूचना’को सहारा लिइरहेका छन् । पुष्टि नभएका समाचार र सूचनालाई आधार मान्दै प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममै आफ्ना विरोधीमाथि खनिँदै आएका छन् ।

KFC Island Ad
NIC Asia

रोचक, आश्चर्यकको कुरा त त्यही भाषणमा प्रधानमन्त्रीले सबैभन्दा बढी ताली पाइरहेका  छन् । र, विभाजित नेकपाका नेता–कार्यकर्ता प्रधानमन्त्रीको त्यही भाषणमा हर्षित देखिन्छन् ।

माघ २२ गते प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायका पदाधिकारीको नियुक्तीलाई लिएर देशव्यापी आमहड्ताल गर्‍यो । आमहड्तालका क्रममा काठमाडौंमा एक ट्याक्सीमा आगो झोसियो भने देशका विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भयो । सामाजिक सञ्जालमा आमड्तालका विभिन्न तस्बिर ल्याइए ।
तीनैमध्ये सडकमा तरकारी फालिएको एउटा तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो । ओली समूहका नेता–कार्यकर्ताका लागि त्यो तस्बिर अर्को समूहलाई लाञ्छित गर्ने, होच्याउने र उछित्तो काढ्ने माध्यम बन्यो ।
जबकि, त्यो तस्बिर फेक थियो । नेपालको छँदै थिएन ।

Royal Enfield Island Ad

सामाजिक सञ्जालमा भित्र्याइएको त्यो तस्बिर सन् २०१७ को जुनको हो । भारतको महाराष्ट्र राज्यमा किसान आन्दोलन चर्किएका बेलाको हो । त्यतिबेला महाराष्ट्रका किसानले आफ्नो खेत–खलियानमा उत्पादन भएका तरकारी सडकमा फ्याँकेर विरोध जनाएका थिए ।

तर, नेपालको आमहड्ताल भनेर ओली समूह र ‘साइबर सेना’ले प्रचार गर्‍यो । प्रधानमन्त्रीले त्यसैलाई माध्यम बनाएर प्रचण्ड–माधव नेपाल समूहको उछित्तो काढे ।

आमहड्तालकै दिन एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “बूढी आमाका डोकाका टमाटरहरू बाटाभरी छरिए । काउली फ्याकिदिएर, मुला फ्याकीदिएर, कत्रो क्रान्ति गर्न खोज्या ? ती बूढी आमाले प्रचण्डले भनेको जस्तो प्रतिगमन नै गर्न खोज्या हुन त ? संविधान च्यात्नै खोजेकी हुन् त ती बूढी आमाले ।”
प्रधानमन्त्रीले तरकारी फालेको भाषण गर्दा कार्यकर्ताले हुटिङ र ताली बजाए । तर, प्रधानमन्त्री स्वयम्ले कुन जिल्ला, कुन क्षेत्रमा तरकारी सडकमा फालियो खुलाउन सकेनन् । 

गत महिना पूर्वगृहमन्त्री समेत रहेका प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले कैलालीमा आयोजित एक कार्यक्रममा ओलीको शरीरमा ‘स्त्रीको अङ्ग’ मिसिएकोले दिमागले काम गरेन भनेको भन्दै सामाजिक सञ्जालमा यो विषय भाइरल बन्यो । नेकपा नेता–कार्यकर्ताले भीम रावलमाथि गालीको वर्षा गरे, सामाजिक सञ्जालमा । 

काठमाडौंमा केही समय अगाडि आयोजित ओली निकट पत्रकाहरुको भेलादेखि अन्य विभिन्न सार्वजनिक कार्यक्रममा उनले रावलको खेदो खने । प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा भनेका छन्, “महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो भनेछन् । महिलामाथि कत्रो अपमान !”

नेता भीम रावलले पनि यसको खण्डन गरिसकेका छन् । भीम रावलले भनेको यो विषयको अडियो–भिडियो छैन । मुलधारका सञ्चारमाध्यममा पनि यो विषय आएन । जसले समाचार छापेको थियो, मोफसलमा । उसले पनि माफी मागेर समाचार हटाइसकेको छ । 

तर, प्रधानमन्त्रीले त्यो विषयमा भीम रावललाई कटाक्ष गर्न छाडेका छैनन् । प्रधानमन्त्रीको पार्टीका सबैजसो नेताहरू भीम रावलप्रति खनिनुपर्‍यो भने त्यही विषय निकाल्छन् ।

यसबाहेक अन्य कतिपय विषयमा समेत प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ र ‘फेक’ तथ्याङ्कको साहारा लिन खोजेको देखिन्छ । 

प्रधानमन्त्री निकट मानिएकैहरू भन्छन्,“उहाँ सीमित व्यक्तिको घेरामा हुनुहुन्छ । सबै सूचना उहाँसम्म पुग्दैनन् । नजिक रहेकाले उहाँ खुसी हुने सूचना मात्रै सुनाउँछन् । उहाँको सूचना लिने प्रणाली नै गलत छ । त्यसैले ‘फेक’ कुरा पनि उहाँले पत्याउनुहुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro