काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बागबजारमा राँके जुलुस निकालेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको मुद्दालाई लिएर काठमाडौंको बागबजारमा बुधबार साँझ राँके जुलुस निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध अनेरास्ववियूले लगातार प्रदर्शन, आन्दोलन गर्दै आएको छ ।
अनेरास्ववियूले पार्टीको निर्देशनमा आज देशभर एकसाथ राँके जुलुस निकालेको जनाएको छ । राँके जुलुसका दौरान प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अनेरास्ववियूका विद्यार्थीहरुले नाराबाजीसमेत गरेका थिए । जुलुसमा सहभागीले विद्यार्थीहरुले प्रतिगमनको निर्णय नसच्याएसम्म निरन्तर आन्दोलन गरिरहने जनाएका छन् । हेरौं राँके जुलुसका थप तस्बिर :