काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको सोही अवधिको भन्दा खुद मुनाफा सामान्य बढेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले पुस मसान्तसम्ममा ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५० लाख २४ हजार रुपैयाँ अर्थात् ०.५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद मुनााफा आर्जन गरेको थियो ।
बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंककले क्यापिटल रिडेम्सन रिजर्भमा ३७ करोड ५० लाख रेगुलेटरी रिजर्भमा १८ करोड ३९ लाख ७९ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानीसँगै कमिसन आम्दानी घटे पनि उल्लेख्य रुपमा प्रोभिजन राइट ब्याक गर्दा खुद नाफा बढेको छ । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ७४ लाख ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४६ करोड ७६ लाख १२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६९ करोड ७७ लाख ४६ हजार रहेको थियो । बैंकले प्रोभिजनबाट ९ करोड ६ लाख ३७ हजार राइट ब्याक गरेको छ । तर, बैंकको नेट प्राभिजन रकम कति हो भन्ने वित्तीय विवरणमा देखाएको छैन । गत आर्थिक वर्षको यही अवधिमा बैंकले सम्भावित कर्जा जोखिमको लागि २४ करोड ४९ लाख ७१ हजार छुट्याएको थियो ।
बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा ४० करोड ६८ लाख ९१ हजार कर तिरेको छ ।
पुस मसान्तमा बैंकले ९२ अर्ब ४० करोड ७५ लाख ७७ हजार निक्षेप संकलन गरेर ८६ अर्ब ७६ करोड ७४ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले ९० अर्ब २२ करोड ३२ लाख ७२ हजार निक्षेप संकलन गरेर ८१ अर्ब ०१ करोड ८५ लाख ९८ हजार कर्जा लगानी गरेको छ ।
पुस मसान्तमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ । यस्तै, बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा ७९ करोड ३४ लाख ९१ हजार रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १ पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ । यस्तै, पुस मसान्तमा बैंकको आधार ब्याजदर ७.२९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ९.९९ प्रतिशत रहेको थियो । यस्तै, कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ४.१० प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको स्प्रेड दर ५.१४ प्रतिशत थियो ।
कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ७७.१८ प्रतिशत, कोषको लागत ५.१४ प्रतिशत रहेको छ । कोभिड प्रभावमा पनि बैंककोे निष्कृय कर्जा घटेको छ । गत वर्ष १.६९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको पुस मसान्तमा घटेर १.०६ प्रतिशत कायम भएको छ । बैंकको पुँजीकोष अनुपात १४.५३ प्रतिशत रहेको छ ।