site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमाल आरोहण गर्नेलाई सरकारले अवार्ड दिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।

मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पुर्जालगायतका १० नेपाली आरोहीलाई बधाइ व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझमाथि उठाएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको बारेमा आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ छ ।

माउन्ट केटुका आरोही निर्मल पुर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए । माउन्ट केटु आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाइ छ ।

१० जनाको समूहको नेपाली आरोहीले यही माघ ३ गते माउन्ट केटु हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्