काठमाडौं । अधिवक्ता शालिकराम सापकाेटाले प्रतिनिधिसभा ५ वर्ष नै ताजा हुने भन्दै प्रधानमन्त्रीले चाहेकाे बेलामा ताजा जनादेशमा जान नमिल्ने बताएका छन् । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धमा बहस गर्दै उनले अहिलेकाे संसद विघटन असंवैधानिक भएकाे पनि बताए ।
``प्रतिनिधिसभालाई अविश्वास गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएकाे छैन । ५ वर्षका लागि प्रतिनिधि सभा ताजा हाे ,´´ उनले भने, ``अहिले चुनाव जरूरी छ ? प्रधानमन्त्रीकाे चुनाव जरूरी छ । ´´
उनले संविधानकाे धारा ७६(१), (७) र ८५ लाई आधारभूत आधार बनाएर गरिएकाे विघटन दूराशयपूर्ण भएकाे पनि बताए ।
अधिवक्ता नरहरी आचार्यले विघटनकाे सिफारिसमा संविधानकाे धारा उल्लेख नहुनु नै संविधानमा विघटनकाे व्यवस्था छैन भन्ने प्रमाण भएकाे बताए ।
अधिवक्ता सुलाेचना धितालले संविधानसभाले संविधान बनाउँदा स्थिरतामा जाेड दिएकाे बताइन् । दुई वर्षसम्म अविश्वासकाे प्रस्ताव ल्याउननसक्ने व्यवस्था संविधानमै राखेर स्थीरता खाेजिएकाे भन्दै विघटन असंवैधानिक भएकाे बताइन् । संविधानकाे मर्मभित्र रहेर अदालतले न्याय निरूपण गर्नुपर्ने उनले बताइन् ।