अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई साधारणसभाले पारित गरेको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मर्जरसम्बन्धी अन्तिम सम्झौता पारित गरेको हो ।
साधारणसभाले सर्वसाधारण सेयरधनी समूहबाट शशांक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई सञ्चालक पदमा निर्विरोध नियुक्त गरेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७ ०१:१६
प्रतिक्रिया दिनुहोस्