site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दिन सार्वजनिक बिदा अवधारणा : पर्यटन व्यवसायीमै फरक मत
Tiktok banner adTiktok banner ad

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको दुई दिन सार्वजनिक बिदा अवधारणाप्रति पर्यटन व्यवसायीबीच नै फरक मत रहेको छ । मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै दुई दिन बिदा दिन सिफारिस गरेको थियो । प्रतिवेदनलाई अन्तिम रुप दिन मन्त्रालयले सुझाव माग गरिरहेको छ ।
 
कोभिड १९ का कारण बाह्‍य पर्यटक तत्काल आउने सम्भावना नदेखिएकाले दुई दिन सार्वजनिक बिदा दिँदा आन्तरिक पर्यटकले नै यो व्यवसायलाई चलायमान बनाउने अनुमान समितिको छ । तर, पर्यटन व्यवसायसँग आबद्ध विभिन्न संघ-संस्थाबीच दुई दिन सार्वजनिक बिदाबारे फरक मत छ । कतिपय व्यवसायी दुई दिन सार्वजनिक बिदा अपरिहार्य रहेको बताउँछन् भने कतिपय साप्ताहिक दुई दिन बिदाभन्दा एक वर्षमा एक साता पर्यटन बिदा दिनु उपयुक्त हुने बताउँछन् । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष अच्युत गुरागाईं दुई दिन सार्वजनिक बिदा उपयुक्त हुने बताउँछन् । दुई दिन बिदाको अवधारणा आफूहरूको भएको पनि उनले बताए । “नाट्टाले नै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिन सार्वजनिक बिदा हुनुपर्ने सुझाव दिदै आएका हौं । दुई दिन सार्वजनिक बिदा हुँदा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निकै सहयोग पुर्‍याउँछ,” उनले भने । 

उनले दुई दिन सार्वजनिक बिदा दिइए १० लाख आन्तरिक पर्यटक विभिन्न गन्तव्यमा जाने देखिएको दाबी पनि गरे । तर, दुई दिन बिदा गर्दा कार्यालयको समय भने परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह पनि दुई दिन बिदा अवधारणा सही भएको बताउँछन् । साताको दुई दिन बिदा भए आन्तरिक पर्यटन प्रवर्द्धन हुने देखिएको उनले बताए । जनवरी १ मा पोखरा, चितवनमा बढेको आन्तरिक पर्यटकको सहभागिताले नै दुई दिन सार्वजनिक बिदाको माग गरेको पुष्टि भएको उनले बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष खुमबहादुर सुवेदी भने सातामा दुई दिनभन्दा वर्षमा एक साता पर्यटन बिदा दिन उपयुक्त हुने बताउँछन् । दुई दिनको बिदाले वरिपरिका डाँडामा जान मिल्ने, टाढा जान नमिल्ने उनी बताउँछन् । एक साता बिदा हुने हो भने वर्षभरिको योजना बनाएर मान्छे आन्तरिक भ्रमणमा निस्कने उनले भनाइ छ । “दुई दिन बिदाले घरमा घाम ताप्‍ने काम मात्रै हुन्छ । दुई दिन सार्वजनिक बिदा भनिए पनि मान्छे बाहिर जाँदैनन् । वल्लो डाँडाबाट पल्लो डाँडा मात्रै जाने हो भने त आन्तरिक पर्यटन प्रवर्द्धन होला तर त्यो पनि सबैको रुचिको विषय हुन्छ/हुन्न । बिदा भनेर मात्रै पनि भएन रुचिमा पनि भर पर्नुपर्‍यो,” उनले भने ।

दुई दिन बिदाले आन्तरिक पर्यटनमा योगदान नै नगर्ने भन्ने नभएको पनि उनले बताए । “तर जति हामीले अपेक्षा गरेर यो अवधारणा ल्याएका छौं, त्योअनुसार हुने म देख्दिनँ,” उनले भने । 

आन्तरिक पर्यटनलाई ध्यानमा राखेर प्रस्ताव गरिएको दुई दिन सार्वजनिक बिदाको अवधारणाप्रति अर्थविद्, पर्यटन विज्ञहरूको समेत फरक-फरक मत छ ।

दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरूको उत्पाकत्व बढ्ने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ । यस्तै सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने प्रतिवेदनमा औंल्याइएको छ । सार्वजनिक निकायहरूमा सातामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिव हुने ठहर समितिको छ । 

मन्त्रालयले कोडिभ १९ ले पर्यटन उद्योग शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नरहेको भन्दै दुई दिन सार्वजनिक बिदा दिन प्रारम्भिक सिफारिस गरेको छ । पर्यटन मन्त्रालयले अध्ययन गर्नुको कारण पर्यटन क्षेत्र प्रायः शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नदेखिएकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिन बिदा दिनु उपयुक्त हुने मन्त्रालयको दाबी छ ।

- मुलुककै प्रशासनिक निकाय सिंहदरबारको पश्चिम गेट । फाइल तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro