site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान
SkywellSkywell

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत र सम्मान गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले पुरस्कृत र सम्मान गरेका हुन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

Dabur Nepal
NIC Asia

पुरस्कृत हुनेमा प्रसनि देवीराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रह शंकर वन संन्यासी, प्रह विनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदारप्रसाद भण्डारी, प्रज नैनसिंह राना, प्रज रविन घिमिरे, प्रज धनञ्‍जयसिंह रावत (डाँगा), प्रज मीनाकुमारी आचार्य, प्रज नीरज थापा, प्रज केशव विष्ट, प्रज रमेशसिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेशकुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रज ईश्वर पछाईं र प्रज सन्दीपकुमार यादव छन् ।

पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरा ल्याउने ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro