site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूलो फेस भ्यालुले मात्रै भिडियो चल्दैन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोनाले चलचित्र उद्योग ठप्प भएका बेला यो समय म्युजिक भिडियोले केही कलाकार तथा प्राविधिकलाई राहत मिल्यो । भलै त्यो सानै समूहमै सीमित किन नहोस् । चलचित्रका नायक–नायिका म्युजिक भिडियोमा अभिनय गर्न पुगे । राजेश हमालदेखि विपिन कार्कीसम्मले यो समय अभिनय गर्न भ्याए । म्युजिक भिडियो हुँदै सेतो पर्दामा पुग्नेहरू त यो समय पुरानै क्षेत्रमा व्यस्त भए । पल शाह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ यो समय म्युजिक भिडियोमा व्यस्त रहे । उनीहरूसँगै यो समय अभिनेता दयाहाङ राईले पनि अरूको बाटो पच्छ्याए । एकातिर चलचित्रको काम नभएको फुर्सदको समय अर्कोतर्फ निरन्तर आइरहने प्रस्ताव र आकर्षक पारिश्रमिक, उनीहरूले अस्वीकार गर्न सकेनन् । फुर्सदको समयमा काम गर्नु स्वाभाविक पनि हो । सामान्यतः म्युजिक भिडियोको छायांकन एकदिनमै सकिन्छ । वर्कसपमा पनि बस्नु परेन । भिडियोको प्रचारमा हिँड्नु पनि परेन र पारिश्रमिक पनि हाताहाती पाएपछि चलचित्रका नायक–नायिका पनि म्युजिक भिडियोतर्फ आकर्षित भएका हुन् । सामान्यतः फिल्मका कलाकारले एउटा म्युजिक भिडियोमा एक लाखभन्दा माथि पारिश्रमिक लिँदै आएका छन् । स्रोतका अनुसार पल साहले बढाएर डेढ लाख पुर्याएका छन् । 

खडेरीमा आउने दिनकै एक लाख पारिश्रमिक, त्यसपछि पनि दर्शकमाझ जाने मौका त्यसैले चलचित्रका कलाकारले यो अवसर गुमाउन चाहेनन् ।
 
कलाकारले दिनकै पारिश्रमिक लिए पनि निर्देशकको अवस्था भने त्यस्तो छैन । फिचर फिल्म निर्देशन गर्ने निर्देशकको पनि आकर्षक पारिश्रमिक छैन । तर, पनि उनीहरू वर्षौंदेखि काम गरिरहेका छन् । धेरै पारिश्रमिक पाउने निर्देशकले ५० हजारसम्म लिने गरेका छन् । यद्यपि यो अपवाद मात्रै हो । अधिकांशले ३० हजारको सेरोफेरो पारिश्रमिकमा काम गरिरहेको निर्माताहरू बताउँछन् ।

आफूले छानेका कलाकार, आफूले तयार पारेको कन्सेप्ट, प्रि–प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनसम्मको काम गर्नुपर्ने कलाकार किन तुलनात्मक कम पारिश्रमिकमा काम गरिरहेका छन् ? 

KFC Island Ad
Dabur Nepal
NIC Asia

फिचर फिल्मसमेत निर्देशन गरिसकेका नीतिन चन्द पारिश्रमिकभन्दा पनि क्रिएसनका हिसाबले आफूहरूले काम गरिरहेको बताउँछन् । 

“कलाकारको तुलनामा त निर्देशकको पारिश्रमिक निकै कम छ । तर, त्यति धेरै कम पनि होइन । हामी क्रिएसन हो भनेर काम गरिरहेका छौं,” नीतिन भन्छन्, “प्रि–प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनसम्मको काम निर्देशकले गर्नुपर्छ । सबै जिम्मा लिएर काम गर्नुपर्छ । जिम्मेवारीको हिसाबले सोच्ने हो भने धेरै काम निर्देशककै हुन्छ ।” 

Royal Enfield Island Ad

व्यावसायिक तवरले काम गर्ने संस्कार सुरु नभएका कारण निर्देशकको कामको मूल्यांकन कम भएको उनी बताउँछन् । कर्पोरेट हाउसका लगानी नहुँदासम्म र अहिलेकै अवस्थामा व्यक्तिगत रूपमा काम भइरहँदासम्म यस्तै अवस्था रहने नीतिन बताउँछन् ।

निर्देशक गम्भीर विष्ट पर्दा पछाडिको भन्दा अगाडिको कामलाई प्राथमिकता दिने चलन रहेको बताउँछन् । टिम क्याप्टेनका हिसाबले सबैभन्दा ठूलो जिम्मेवारी निर्देशकको भए पनि कलाकारलाई मात्रै प्राथमिकता दिने गरिएको उनको भनाइ छ ।

पारिश्रमिकले भिडियो क्वालिटीमा ठूलो असर गर्ने गम्भीरको भनाइ छ । “यदि कलाकारको जस्तै पारिश्रमिक निर्देशकको पनि भए निर्देशकलाई पनि मिहिनेत गर्न जाँगर चल्थ्यो । तर, त्यस्तो अवस्था छैन,” प्रोड्युसरमा रहेको बुझाइ नै अहिलेको मुख्य समस्या हो । पर्दापछाडिको कामको भ्यालु नदिने संस्कार रहेसम्म यो अवस्था रहिरनेछ ।”

कसेर पारिश्रमिक लिन किन सक्दैनन् निर्देशक ? 
कलाकारले एक दिनको डेढ लाखसम्म लिँदा त्यसको एकतिहाइ पनि मुस्किलले पाउँछन् निर्देशक । तर, कलाकार एकदिनमा आफ्नो काम सकेर हिँड्छन् । निर्देशकलाई एक साता लाग्छ । 

त्यसो भए कलाकारको जति नै पारिश्रमिक माग्न किन सक्दैनन् निर्देशकहरू ? निर्देशकबीच रहेको चर्को प्रतिस्पर्धा नै मुख्य कारण रहेको गम्भीरको बुझाइ । म्युजिक भिडियोमा डिमान्डेड कलाकारको संख्या निकै न्यून रहेको तर निर्देशकको संख्या धेरै रहेको उनी बताउँछन् । 

“निर्देशकले मलाई पनि कलाकारसरह पारिश्रमिक चाहियो भन्यो भने निर्मातासँग निर्देशकको अप्सन धेरै छन् । जो सस्तोमा काम गरिदिन्छन् उसैलाई लिन्छन्,” गम्भीर भन्छन्, “तर भिडियोमा डिमान्डेड कलाकार धेरै हुनुहुन्न । त्यसैले उहाँहरूले मागेजति पारिश्रमिक दिनै पर्ने बाध्यता छ ।” 

यद्यपि म्युजिक भिडियोमा आउने सबै कलाकारको पारिश्रमिक निर्देशकको भन्दा धेरै नरहेको अर्का निर्देशक तथा कोरियोग्राफर कविराज गहतराज बताउँछन् । केही कलाकार मात्रै निर्देशकको भन्दा बढी पारिश्रमिक लिने रहेको उनी बताउँछन् ।

तर, कास्ट एन्ड क्रूदेखि लिएर कस्टुम डिजाइन र कन्सेप्टसम्मको काम गर्ने निर्देशकमा भारी जिम्मेवारी रहने उनको भनाइ छ । तथापि निर्देशकभन्दा कलाकारको पारिश्रमिक धेरै हुने संसारकै चलन रहेकाले यसलाई आत्मसात् गर्नुको विकल्प रहेको भन्दै कविराज चलचित्रको उदाहरण दिन्छन्, “चलचित्रको निर्देशकले एउटा चलचित्रमा एक वर्ष काम गर्छ । तर, मुस्किलले ५० दिन पनि काम नगर्ने नायक–नायिकाकै पारिश्रमिक बढी हुन्छ । म्युजिक भिडियोमा पनि त्यही नै हो ।”

ठूलो फेस भ्यालु राख्दैमा भिडियो राम्रो हुन्छ ?
कलाकारले भन्दा पनि निर्देशकको कन्सेप्टले भिडियो राम्रो हुने गम्भीर बताउँछन् । “चलचित्र होस् वा म्युजिक भिडियो निर्देशक– होल टिम र कामको क्याप्टेन हो । त्यसैले उसले राम्रो काम गरेन भने कलाकार जो सुकै किन नहोस् त्यो समग्र प्रोजेक्ट नै फ्लप हुन्छ ।” 

निर्देशक राम्रो भएको अवस्थामा नयाँ कलाकार वा फेस भ्यालु ठूलो नभएको व्यक्तिलाई लिएर पनि राम्रो काम निकाल्न सक्ने उनी बताउँछन् । त्यसैले स्टारडम भएको कलाकारलाई खेलाउँदैमा म्युजिक भिडियो राम्रो हुन्छ भन्ने निश्चित नहुने गम्भीर बताउँछन् । 

चलेका कलाकार राख्दैमा भिडियो ‘हिट’ हुन्छ ?
महँगो पारिश्रमिक तिरेर ठूलो फेस भ्यालु भएका फिचर फिल्मका नायक–नायिकालाई अभिनय गराउँदैमा भिडियो लोकप्रिय नहुने निर्देशकहरूको निष्कर्ष छ । भिडियो हिट हुनलाई गीत नै राम्रो हुनुपर्ने बताउँछन् ।

“भिडियो हिट हुनलाई गीत नै राम्रो हुनुपर्छ । महँगो पारिश्रमिक तिर्दैमा भिडियो हिट हुँदैन,” गम्भीर निर्धक्क भन्छन् ।

यद्यपि फेस भ्यालु भएका कलाकार राख्दा इनिसियल भने युट्युबमा भिडियो जाने निर्देशकहरू बताउँछन् । “महँगो पारिश्रमिक तिरेर कलाकार राख्नुका पछाडि युट्युबमा इनिसियल भ्युज जान्छ भन्ने लोभ मात्रै हो,” गम्भीर भन्छन् । उनका अनुसार इनिसियल समय करिब एक साता हुन्छ । भिडियोमा अहिले माग भएका कलाकार छन् तर गीत राम्रो छैन भने पनि दिनको ५० हजारका दरले एक साता युट्युबमा भ्युज बढ्छ ।

कन्सेप्ट डिजाइन, क्लाइन्ट कन्भिन्स र छायांकनका लागि लक्ष्मी बर्देवालाई एक साता समय लाग्छ । बाँकी तीन दिन पोस्ट प्रोडक्सनलाई समय छुट्याउनुपर्छ । एउटा भिडियो निर्माण गर्न औसतमा १० दिन लाग्छ । लक्ष्मी फेस भ्यालुलेभन्दा पनि गीत र निर्देशकले तयार पारेको चरित्रलाई न्याय गर्ने कलाकारका कारण म्युजिक भिडियो उत्कृष्ट बन्ने बताउँछिन् । 

“फेस भ्यालु भएको कलाकार छ भने भिडियो क्लिक गर्न सहयोग गर्छ । तर, भिडियो राम्रो हुने त चरित्रलाई न्याय गर्ने कलाकार छ कि छैन भन्ने कुराले हो,” लक्ष्मी भन्छिन्, “ठूलो फ्यान फलोइङ छ भने भ्युज बढ्छ भन्ने अपेक्षा हुन्छ । तर, यो शत्प्रतिशत लागु हुन्छ भन्ने छैन । पारिश्रमिकभन्दा सिन कुन चरित्रमा को फिट हुन्छ, त्यसमा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro