site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना प्रभाव : २७० जनाले मात्र दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना कहरका कारण दाङमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने व्यक्तिको संख्या बढ्न सकेको छैन । दाङमा साउन १८ गते राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण लिन सुरु गरिए पनि करिब दुई महिनासम्म न्यून व्यक्तिले मात्रै आवेदन भरेका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट आवेदन दिन सकिने भए पनि असोज ४ गतेसम्म दुई सय ७० जनाले मात्रै आवेदन दिएका छन् । प्रशासन परिसरमा डेस्क स्थापना गरी परिचयपत्रका लागि विवरण संकलन गर्न गरिएको छ । अहिलेसम्म थोरै व्यक्तिले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण दिएको कम्प्युटर अपरेटर दीपेन्द्र पाण्डेले जानकारी दिए । ‘‘जिल्लामा करिब १५ दिन लकडाउनका कारण पनि आवेदन दिने व्यक्ति थोरै छन्,’’ उनले भने, ‘‘सुरु भएपछि अहिलेसम्म दुई सय ७० जनाले मात्रै आवेदन दिएका छन् ।’’ जिल्ला प्रशासनमा दैनिक ५/६ जनाले परिचयपत्रका लागि आवेदन दिने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै ठाउँमा प्रचार-प्रसार नहुँदा पनि धेरै व्यक्ति परिचयपत्रका लागि विवरण दिन आउन नआएको हुनसक्ने उनले बताए । ‘‘विवरण लिन सुरु गरेको दुई महिना पुग्‍न लाग्यो तर विवरणका लागि थोरै मानिसहरू मात्रै आउने गरेका छन्,’’ उनले भने, ‘‘हामीहरू त्यही काम गर्ने भनेर खटिएका छौँ, तर सेवाग्राही आउनुभएको छैन ।’’ कोरोना कहरका कारण पनि सेवाग्राही उल्लेख्य रूपमा आउन नसेकेको उनको भनाइ छ ।

‘‘कोरोना कहरका कारण जिल्लामा दुई साता त लकडाउन नै भयो, त्यसपछि पनि कोरोनाको त्रासका कारण नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण दिन आएका छैनन् ।’’ जिल्ला अहिले एक ठाउँबाट मात्रै विवरण लिने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । ‘‘अहिले जिल्लाको एक ठाउँबाट मात्रै विवरण लिन सुरु भएको छ, केही समयपछि वडा-वडामा यो काम हुनेछ,’’ उनले भने, ‘‘कोरोना कहरका कारण पनि नागरिक परिचयपत्रका लागि प्रशासनमा नआउनुभएको हुनसक्छ ।’’

Global Ime bank

सरकारले वितरण गर्न लागेको परिचयपत्रमा चिपसहितको स्मार्ट कार्डमा वाहकको १० औंठा छापसहितको वैयक्तिक विवरण समावेश हुन्छ । कार्ड कार्यान्वयनमा आएपछि वाहकको सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पूर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झटबाट मुक्त हुने प्रजिअ आचार्यले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र लिन नेपाली नागरिकतासहितको तीनपुस्ते विवरण अनिवार्य समावेश गरिने भएकाले गैरनेपालीले लिन नसक्ने र कसैले पनि अर्काको परिचयपत्र गलत ढंगले प्रयोग गर्न नसक्ने उनले बताए । संघीय सरकारले २०७५ असार ५ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको थियो । त्यसपछि पछिल्लो समय विभिन्न जिल्लाबाट वितरणको काम सुरु भएको हो । आवेदन अर्थात् व्यक्तिगत विवरण दिएको करिब एक वर्षपछि मात्रै परिचयपत्र प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement