दाङ । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले दाङका तीनओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमविरुद्ध प्रदर्शन गरेको हो ।
घोराहीमा पार्टी कार्यालयबाट सुरु भएकोे र्याली बीपी चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । लमहीमा पनि विरोधसभा गरिएको थियो ।
यस्तै, तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली वीरेन्द्र चोक हुँदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेस दाङका नेताहरुले नागरिकले दिएको दुईतिहाइ बहुमतलाई नेकपाले नजरअन्दाज गर्दै संसद् विघटन गरेर अपमान गरेको टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रमअनुरुप दाङका तीन निर्वाचन क्षेत्रसहित देशभरका १६५ ओटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन भएको हो ।