site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करीको नयाँ तरिका : तेलको बोतलमा लेदो बनाएर ल्याइयो 

काठमाडौं । नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला परेको छ । नेपालमा पहिलोपल्ट ‘आक्वारेजिया’मा घोलिएको सुन तस्करी भएको पाइएको हो । गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटिएको हो । यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलाइएको छ ।
ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएका थिए ।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका गरेका थिए । सो वस्तुलाई जोख्दा भारी पाइएपछि भन्सार विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो ।

परीक्षणबाट कूल वजनको ७० प्रतिशत सुन रहेको पत्ता लागेको हो ।

विमानस्थल प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार यसरी आक्वारेजियामा घुलाएर तस्करी गरिएको सुन पहिलोपल्ट पक्रिएको हो । 

उनले भने, “अहिलेसम्म यस्तो प्रकृतिको सुन तस्करी पाइएको थिएन ।” 

परीक्षणको क्रममा साढे दुईकिलो सुन पाइएको उनको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि नसोचेको तरिकाले सुन तस्करी गरेको पाइएको पुष्टि गरे । 

बाह्रखरीसँग उनले भने, “हाम्रो केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा घोलमा ७० प्रतिशत सुन पाएका छौँ । प्रयोगशालाको नयाँ मेसिनले यसरी मिसाएको देखाएको हो ।”

सुन तस्करीमा संलग्न दुवैजनालाई अदालतमा मुद्दा चलाइएको छ ।

विभागको प्रयोगशालामा रहेको मेसिनले हरेक वस्तुमा कुन तत्व (धातु) कति प्रतिशत रहेको पत्ता लगाउने क्षमता राख्दछ । दाहालका अनुसार शंकाका आधारमा घोललाई सोही मेसिनमा राख्दा करिब ७० प्रतिशत सुन रहेको पाइएको हो ।

के हो आक्वारेजिया ? कसरी घुल्छ सुन ?

आक्वारेजिया गाढा नाइट्रिक एसिड र हाइड्रोक्लोरिक एसिडको १ः३ अनुपातको मिश्रण हो । आक्वारेजियालाई नेपालीमा अम्लराज भनिन्छ । सुनको महत्व बढी छ किनकि सुन अघुलित तत्व हो । तर, अम्लराजमा सुन घुल्छ । सुनसँगै आक्वारेसजयाले प्लाटिनम पनि घुलाउन सक्छ । आक्वारेजियामा सुन घुल्दा नाइट्रोसिल क्लोराइड (एसिड), पानी र गोल्ड क्लोराइड (नुन) बन्छ । यसरी बनेको पदार्थ हेर्दा तेलजस्तो देखिन्छ ।

रासायनिक प्रक्रियाको क्रममा सुन र क्लोरिजको रेडिकल बनिरहन्छन् । सुन र आक्वारेजियाको रासायनिक प्रक्रिया सन्तुलन नआउन्जेलसम्म जारी रहन्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro