site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा रौनकविहीन क्रिसमस (तस्बिरसहित)

बष्टन(अमेरिका) । क्रिसमस झिलीमिली बत्तीहरुको चाड हो । यतिबेला अमेरिकीहरुले आफ्ना घर र चोकहरु विभिन्न रंगका बत्तीहरुले झकिझकाउ बनाएका हुन्छन् । कोभिडका कारण यो वर्षको क्रिसमसमा खासै रौनक छैन । यद्यपी घरमा नै बस्न बाध्य अमेरिकीहरुले पहिलेका वर्षहरुभन्दा यो वर्ष क्रिसमसको समयमा घर सजावटमा बढी ध्यान दिएको देखिन्छ । 

पहिले क्रिसमस ट्रि र बत्तीको सजावट हेर्न भिडभाड हुने स्थानहरुमा यो वर्ष त्यसप्रकारको आयोजन बष्टनमा गरिएको छैन ।  फेन्यूअल हल मार्केटप्लेसले बष्टनको क्विन्सी मार्केटमा क्रिसमसको बेला गरिने सजावटलाई यो वर्ष बन्द गरेको छ ।  कोभिडको संक्रमणलाई बढ्न नदिन मानिसहरुको भीडलाई कम गर्न यस्तो निर्णय गरिएको मार्केटप्लेसले आफ्नो सामाजिक सन्जालमा बताएको थियो । 

क्विन्सी मार्केट परिसरका रुखहरुमा सुन्दर लाइटहरुको सजावट हेर्न लायक हुने गर्दथ्यो ।  यो वर्ष न ती रुखहरुमा चम्किला लाइट बेरिएका छन् न त अग्लो क्रिसमस ट्रि नैं ठड्याइएको छ त्यहाँ । बस्टनको क्रिसमस यो वर्ष चिसो र निर्जन छ । यो वर्षको क्रिसमससम्ममा कोभिडबाट झण्डै ३ लाख २९ हजार अमेरिकीहरुले ज्यान गुमाइसकेका छन् । 

मृतकका आफन्तहरुले यो वर्ष हालसम्मकै सबैभन्दा नरमाइलो क्रिसमस मनाउँदैछन् । धेरै राज्यहरुको अस्पतालहरु कोभिडका बिरामीहरुका कारण फूल अकुपेन्सीमा चलेका समाचारहरु आइरहेका छन् ।  एकातिर कोरोनाविरुद्धको भ्याक्सिन चरणबद्ध रुपमा लगाउन थालिसकिएको छ भने अर्कोतिर त्रास कायमैं छ । 
 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro