काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
गत साउनमा दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई गत कात्तिकमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृती दिएको थियो । दुई संस्थाबीच शुक्रबार मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । सम्झौतामा एनआईसी एशिया लघुवित्तको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लामा समेत गरी १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्तको ८५ शाखा संचालनमा रहेका छन् । मर्जरपछि कुल शाखा संख्या १९३ हुनेछ ।
मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने जनाइएको छ ।