काठमाडौं । वेस्टर्न युनियनको ‘दशैं तिहारको सौगात’ उपहार योजनाअन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरिएको छ । सी.जी. फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई सी.जी. फिन्कोका डीजीएम. नरबहादुर के.सी.ले हस्तान्तरण गरे । उनले १० लाख नगद प्राप्त गरेकी हुन् ।
दशैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा कम्पनीले उपहार योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्ने अवसर पाएको र उपहार योजना अवधिभर सम्पूर्ण योग्य कारोबारहरु बम्बर लक्की ड्र मा समावेश गरिएको कम्पनीले जनाएको छ ।
यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल एण्ड टुर्स प्रा.लि., सी.जी. फिन्को लि., हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।