राजनीति
कास्की । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि नेपाली कांग्रेस संसदीय दल गण्डकीले भर्त्सना गरेको छ ।
दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीले लिएको यो कदम असंवैधानिक, अप्रजातान्त्रिक र मुलुकलाई फेरि अस्थिरतातर्फ उन्मुख गराएको बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘‘एउटा स्थिर सरकारका लागि जनताले दिएको म्यान्डेटलाई लत्याएर आफ्नो आन्तरिक पार्टीको झगडाको कारणले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको छ, यसको घोर भत्सर्ना गर्दछु ।’’
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ ११:१७
प्रतिक्रिया दिनुहोस्