वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि बल्ल भेटिएको हो ।
पत्रमा आफ्नाहरुसँग अलग्गिएर बस्नु परेको पीडाको वर्णन गरिएको छ । यो पत्र दोस्रो विश्वयुद्धमा खटिएका ५० लाख युवा सैनिकहरुले पठाएका मध्येका एक हो । यद्यपी यो पत्र उनकी प्रेमिका सम्म कहिले पुग्नै सकेन । अहिले सात दशकपछि यी सैनिकका नातीले आफ्नो हजुरबुबाले आफ्नी हजुरआमालाई पठाएको प्रेम पत्र सावर्जनिक गर्दैछन् ।
पत्र यसरी सुरु हुन्छ...
आज राति यहाँ निकै चिसो छ । तर म सँग यो चिसोबाट बच्न न्यानो लुगा पनि छैन । यो पत्र मार्फत म तिमीलाई मेरो माया पठाउँदै छु । आशा गर्दछु की तिमी कुशल मंगल नै छौ...।
यो पत्र फ्रान्सको दक्षिक–पश्चिममा पर्ने एउटा रिसाइक्लिंग सेन्टरमा भेटिएको हो । त्यहाँ यस्ता लगभग २०० वटा पत्रहरु पुराना पत्रिकासँगै राखिएको थियो ।
रिसाइक्लिंग सेन्टरकी कर्मचारी सेस्ली भन्छिन्, “यो पत्र देखेर हामी उत्सुक भएर हेर्दा थाहा भयो की यी सबै पत्र दोस्रो विश्वयुद्धताका लेखिएको रहेछ र अझै रोचक कुरा भनेको यी सबै एउटै व्यक्तिको नाममा आएको रहेछ ।”
सेस्लीले यी सबै पत्र जम्मा गरिन् र सम्बन्धित व्यक्तिसम्म पुर्याउन सोधखोज गरे पश्चात अन्ततः उनले यी पत्र ती सैनिककी छोरीसम्म पुर्याउन सफल भइन् ।
“यदि मैले यो पत्र नदेखेको भए, मैले कहिले थाहा नै पाउने थिइँन की मेरो बुबाले मेरी आमालाई कति धेरै माया गर्नुहुन्थ्यो भनेर,” ती सैनिक र प्रेमीकाकी छोरीले पत्र पढे पश्चात दिएको प्रतिक्रिया हो यो ।
ती सैनिकले दोस्रो विश्वयुद्धबाट सकुसल फर्किएर आफ्नी प्रेमिका एम्मीसँग विवाह गरे । एम्मीको निधन सन् २०१४ मा भएको थियो ।
दोस्रो विश्वयुद्ध
दोस्रो विश्वयुद्धले फ्रान्सलाई नराम्ररी हल्लाएको थियो । युद्धका लागि फ्रान्सबाट लगभग ५० लाख युवालाई तयार पारिएको थियो । यो कथा युद्धमा गएका ती लाखौं युवा सैनिकहरुको हो जस्ले त्यस्तो समयमा पनि आफ्नो परिवारलाई सधैं सम्झिरहन्थे ।
बीबीसी हिन्दी ।