site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीमा क्रिकेट : उत्साह छ, उल्लास छैन !
SkywellSkywell

काठमाडौं । कर्णाली प्रदेश क्रिकेट टोलीका कप्तान रवीन्द्रजङ शाहीले गएको सिजन प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे । उनको प्रदर्शनले कर्णालीका क्रिकेट खेलाडीको कुशलता उजागर गर्‍यो । त्यसो त रवीन्द्रले नेपालका लागि यू–१६ र यू–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका छन् ।

सन् २०१४ को एसीसी यू–१६ क्रिकेटमा उनी नेपाली टोलीमा परे । पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलेका उनले सकेजति प्रदर्शन गरे । सन् २०१६ मा एसीसी यू–१९ क्रिकेट पनि खेले । त्यतिबेलै रवीन्द्रको प्रदर्शन आशालाग्दो देखिएको थियो । उनले २०१८ मा पनि यू–१९ टोलीको प्रतिनिधित्व गरे ।

उनीजस्तै कर्णालीका धेरै खेलाडी राष्ट्रिय टोलीमा अटाउनका लागि आतुर छन् । उचित अवसरको पर्खाइमा छन् ।

KFC Island Ad
NIC Asia

रवीन्द्रको कप्तानीमा कर्णाली क्रिकेट टोलीले प्रधानमन्त्री कपमा गरेको प्रदर्शन सबैको नजरमा गर्‍यो । राम्रो तयारी गरेको टोलीका अगाडि प्रदर्शन फिका भए  पनि कर्णालीमा क्रिकेट खेलाडी उत्पादनको प्रचुर सम्भावना उनीहरुले प्रमाणित गरेर देखाए । प्रतियोगिता सुरु हुने केही दिनअघि तयारी गरेर गरेको प्रदर्शनलाई सबैले स्याबासी दिए ।

“कर्णालीमा क्रिकेटको धेरै सम्भावना छ । मैले पनि क्रिकेट करिअरको सुरुआत कर्णालीबाट नै गरें । हामीमा खेल्ने क्षमता छ । यो हामीलाई थाहा छ । तर, यस्तो कुनै अवसर पाएको छैनौं, जुन कर्णालीमा क्रिकेट खेल्ने वातावरण बनोस्,” रवीन्द्रले बाह्रखरीसँग भने ।

Royal Enfield Island Ad

रवीन्द्रको टोलीले आउँदो पुस ११ गतेबाट राजधानीमा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट पनि खेल्दैछ । अघिल्लो सिजनभन्दा योपालि प्रदर्शनमा केही सुधार आउने उनको आशा छ । नयाँ क्रिकेट खेलाडी उत्पादन भएका कारण पनि प्रदर्शनमा सुधार आउने उनी बताउँछन् ।

प्रदेशमै खेलाडी उत्पादनको कुरामा भने सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ ।

“गत वर्षभन्दा यो सिजन क्रिकेट खेलाडीहरु कर्णालीमा धेरै देखिएका छन् । तर, स्थानीय तहमा कुनै प्रतियोगिता या एकेडेमी खोलेर खेलाडी उत्पादन गर्ने कुरामा भने पुरानै अवस्था छ । राजधानीमा रहेका र एकेडेमीमा रहेका खेलाडीले मौका पाउने अवस्था छ,” रवीन्द्रले भने ।

महिला टोलीमा पुरानै अनुहार

कर्णालीमा महिला क्रिकेट टोलीको अवस्था अझ नाजुक छ । गएको सिजन प्रधानमन्त्री कपमा टोलीको प्रदर्शन निकै कमजोर रह्यो । व्यावसायिक खेलाडी थिएनन् । अधिकांश विद्यालयस्तरमा क्रिकेट खेल्दै गरेका खेलाडीले प्रदेश टोलीमा स्थान बनाएका थिए ।

यो सिजनमा भने केही राम्रो प्रदर्शन गर्ने आशा खेलाडीको छ । कर्णालीकी कप्तान लक्ष्मी पुरीले धेरै खेलाडी उत्पादन हुन नसकेकाले योपटक पनि पुरानै अनुहार मैदानमा उत्रने बताइन् ।

“प्रदेशमा धेरै महिला खेलाडीको उत्पादन छैन । त्यति क्रिकेट प्रतियोगिता पनि हुँदैन । क्रिकेट सिक्न पनि बाह्रै महिना क्रिकेटको प्रशिक्षण हुने एकेडेमी छैनन् । पुरुषहरुका लागि क्रिकेट सिक्ने माहोल भएपनि महिला क्रिकेटका लागि उचित माहोल छैन । न त कुनै एकेडेमी नै छ । त्यसैले यो सिजन पनि पीएम कपमा धेरै पुराना अनुहार देखिने पक्का छ,” लक्ष्मीले बाह्रखरीसँग भनिन् ।

दैनिक प्रशिक्षण र एकेडेमी भए राम्रा खेलाडीहरु आउने उनको विश्वास छ । कर्णालीको सुर्खेतमा मात्र क्रिकेट खेलाडी र प्रशिक्षणको चार्म छ । अरु जिल्लामा पनि खेलाडी उत्पादनको माहोल बनेमा राम्रा खेलाडीहरुको सम्भावना रहेको उनले बताइन् ।

“महिला क्रिकेटमा कर्णाली प्रदेश पछि नै छ । प्रदेशको एकमात्र जिल्ला सुर्खेतमा क्रिकेटको माहोल छ । त्योबाहेक अन्य जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना छ,” लक्ष्मी भन्छिन्, “सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी खेलाडी उत्पादन भएमा टिम राम्रो बन्नेछ । प्रदर्शनको स्तर पनि राम्रो हुनेछ । त्यसको लागि सरोकारवाला निकायले चासो दिन आवश्यक छ ।

कर्णालीमा हाल कर्णाली प्रिमियर लिग पुरुष क्रिकेट आयोजना हुने गरेको छ । महिला लिग हुँदैन । काठमाडौंमा हुने वुमन्स प्रिमियर लिग (डब्लूसीएल)मा पनि कर्णालीका खेलाडीको कमै प्रतिनिधित्व हुने गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro