site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएल गर्न तयार हामी छौं : सुवास शाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेको छ । क्यानको बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दिएको थियो । तर, एनपीएल आयोजनाका लागि क्यानले एक भारतीय कम्पनीलाई आयोजकको जिम्मा दिने निर्णय गरेको छ । 

भारतीय कम्पनीबाट एनपीएल आयोजनाको लागि प्रस्ताव आएपछि क्यानले यस विषयलाई अगाडि सारेको थियो । दिल्लीको सेभेन थ्री स्पोर्ट्सको प्रस्तावअनुसार क्यानले एनपीएल आयोजनाका लागि उक्त कम्पनीसँग १० वर्षको सम्झौता गर्न लागेको जनाएको थियो ।  प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड रकम क्रिकेट संघलाई बुझाउनेछ । त्यसपछि वार्षिकरुपमा रकम बृद्धि गर्दै १० वर्षमा करिब ४० करोड बुझाउने प्रस्ताव अगाडि ल्याएको क्यानले जनाएको थियो । 

क्यानको स्वामित्व र नेपालको हितमा हुने गरी साधारणसभाले कार्यसमितिलाई एनपीएलको सम्झौता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिएको जनाएको थियो । तर, क्यानले गरेको यस निर्णय प्रति धेरैले विरोध गरेका छन् । 

क्यानले आफ्नो मूल्य बुझेन

धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहीले क्यानले आफ्नो मूल्य चिन्न नसकेको आरोप लगाएका छन् । उनले नेपालमै आफुहरुले एनपीएल आयोजना गर्न सक्ने भए पनि क्यानले सस्तैमा आफुलाई भारतीय कम्पनिलाई बेचेको आरोप लगाए ।

“क्यान अहिले गलत दिशातिर हिँडिरहेको जस्तो लागि रहेको छ । एनपीएल गर्नका लागि १० वर्षको सम्झौता गर्दै भारतीय कम्पनीलाई दिने भन्ने कुरा रहेछ । त्यो कम्पनीले वर्षको दुईकरोड दिने भनेको कुनै ठुलो रकम हैन,” धनगढी प्रिमियर लिगका आयोजक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले भने, “यो निर्णय हेर्दा क्यानले आफ्नो क्षमता नचिनेको जस्तो लाग्यो । संस्थाको मूल्य र संस्थाले के गर्न सक्छ भन्ने विषय अहिलेसम्म बुझ्न सकेन ।”

उनले सानो एक क्रिकेट एकेडेमीले ठुलो फ्रेन्चाइज लिग गर्न सक्ने, क्याने किन नसक्ने भन्दै आक्रोस पोखे । 

उनले भने, “एक सानो क्रिकेट एकेडेमीले सुदूरपश्चिमको धनगढीबाट फ्रेन्चाइज क्रिकेट लिग गर्दै देशभरी नै क्रिकेटको यति ठूलो तरंग ल्याउन सक्छ । व्यवसायिक क्रिकेटलाई नयाँ उचाइ दिन सक्छ भने क्यानले के गर्न सक्दैन ?”

धनगढीबाट विदेशी स्पोन्सर ल्याउन सक्ने तर, क्यानले स्पोन्सर ल्याउन किन नसक्ने भन्दै उनले प्रश्न गरेका छन् । उनले आफुहरुले विदेशी खेलाडीसहित ल्याएर लिग गर्न सकेकाले क्यानले पनि यो कार्य गर्न सक्ने बताए । एनपीएलका लागि क्यानले धेरै ठूला काम गर्न सक्ने र वर्षको दुई सामान्य रकम भएको शाहीले बताए ।

धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष शाहीले एनपीएल आयोजनाको जिम्मा आफुलाई दिए आफु गर्न तयार रहेको बताए ।  उनले भारतीय कम्पनीले दिने भनिएको रकम सामन्य भएकाले आफुहरु त्याभन्दा बढी रकम क्यानलाई दिन तयार रहेको बताए ।

“वर्षको दुई करोड रकम भनेको केही पनि हैन । क्यानले हामीसँग आएर कुरा गर्यो भने हामी त्योभन्दा बढी रकम दिन तयार छौँ,” उनले भने, “पहिलो कुरा क्यानले आफैँ गर्नुपर्यो । हैन भने हामी जस्तो जस्ले यस क्षेत्रमा काम गरिरहेका छौ, उनीहरुसँग सल्लाह गर्नुपर्यो । हामी एनपीएल गर्न तयार छौँ । यदि भारतीय कम्पनीले यो पायो भने नेपाली क्रिकेटका लागि निकै नै दुर्भाग्य हुनेछ ।”

शाहीले आफुले गर्छौँ भन्दा पनि आफुलाई क्यानबाट कुनै चासो नदिइएको बताए । 

विदेशी कम्पनीभन्दा २० गुणा बढी रकम उठ्छ

धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष शाहीले राष्ट्रिय स्तरको एनपीएल आयोजनाको जिम्मा पाए विदेशी कम्पनीले दिइरहेको भन्दा २० गुणा बढी रकम जुटाउन सक्ने विश्वास रहेको बताए ।  उनले विदेशी कम्पनीसँग गर्न खोजिएको क्यानको यो सम्झौताको भविष्य पनि हेर्न आवश्यक रहेको बताए । 
विदेशी कम्पनीले भोलिका दिनमा आफुले सोचेजस्तो नभए बीचैमा छोड्न सक्ने सम्भावना बढी भएको उनको बुझाइ छ । 

उनले क्यानको यस्तो निर्णयलाई कसैले पनि साथ नदिन आग्रह गरे । माथिल्लो निकायबाट नै यस निर्णयलाई स्वीकृति दिन नहुने उनको सुझाव छ ।  नेपाल आफैँमा क्रिकेटको धेरै ठूलो सम्भावना भएको यस्तो इभेन्ट आफैले गर्नुपर्ने उनले बताए ।  टेस्टराष्ट्र र विश्वकपको सपना लिएर हिँडिरहेको नेपाली क्रिकट आफैँमा क्षमता भएको उनले बताए । उनले काम गरिरहेकै व्यक्तिहरुसँग सहकार्य गरेर अगाडि बढ्नुबाहेक अन्य विकल्प नरहेको बताए ।

हाल नेपालमा धनगढी प्रिमियर लिग (डीपीएल), एभरेस्ट प्रिमियर लिग (ईपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी तीन फ्रेन्चाइजी क्रिकेट लिग सञ्चालनमा छन् । तर, कोरोनाभाइरस महामारीका कारण तीनवटै प्रतियोगिता हुन सकेका छैनन् । क्यान निलम्बन रहेका बेला तीनवटै लिगले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई प्रति लिग करिब ३० लाख रुपैयाँ दिँदै आएका थिए । 

उनले नेपालबाटै कसैले पनि इभेन्ट गर्दा स्वदेशी व्यक्तिको रोजगार नगुम्ने बताए । विदेशी कम्पनीले आयोजना गरे नेपालमा अम्पाइरिङ गरिहेकाहरुले समेत आफ्नो रोजगार गुमाउन सक्ने सम्भावना रहेको शाहीको बुझाइ छ । लिगका लागि विदेशी कम्पनीले आफ्नै म्यानपावर ल्याउन सक्ने भएकाले स्वदेशी रोजगार गुम्ने अर्को खतरा भएको उनले बताए । 

उनले विदेशी कम्पनीले क्यानका लागि गरेको प्रस्ताव यो समयमा हाँस्यास्पद भएको बताएका छन् । यो सम्झौता गर्दा दस वर्षमा नेपाली क्रिकेटलाई अर्बौैँको घाटा हुन सक्ने उनले बताए ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro